आज:  | Sun, 09, May, 2021

अन्नपूर्ण बेशक्याम्पमा “मेची महाकाली सफाइ अभियानको लोगो अंकित झण्डा फहराईयो

२०७८, १८ बैशाख शनिबार १०:४८ मा प्रकाशित ( १ हफ्ता अघि) ३३४९ पाठक संख्या

“मेची महाकाली सफाइ अभियानको लोगो अंकित झण्डा अभियन्ता नितेस ओलीले अन्नपूर्ण बेशक्याम्पमा फहराएका छन् ।

बि।स। २०७६ साल बैशाख ४ गते नेपाल–भारत सिमा मेची पुलबाट शुरु गरिएको मेचीमहाकाली सफाइ अभियान पुर्वको मेचीदेखी मध्यपश्चिमको सुर्खेतदेखी सुदुरश्चिमको महेन्द्रनगरसम्म गरी ६२ स्थानमा सम्पन्न भैसकेको उदाहरणीय अभियान हो । यो अभियान देशका करिब दश जिल्लाहरुमा निरन्तर संचालनमा छन् । यो अभियान वाग्मती सफाइ महाअभियानको प्रेरणाबाट जन्म भएको अभियान हो । मेची महाकाली सफाइ अभियानको लोगो बि।स। २०७७ फाल्गुण ८ गते राष्ट्रिय सभाका सांसद एवं कलाकार कोमल ओली तथा बाग्मती सफाइ महाअभियानका मुख्य अभियन्ता पूर्वमुख्य सचिब लीलामणी पौड्यालवाट संयुत रूपमा सार्बजिक गरेका थिए । सोही लोगोलाई आधार बनाई यो अभियान देशका बिभिन्न भागहरुमा सञ्चालनमा छ ।
“मेची महाकाली सफाइ अभियानको लोगो अंकित झण्डालाई यसका यूवा अभियन्ता नितेश ओलीले अन्नपूर्ण बेशक्याम्प भन्दा माथी ४४३० मिटरको उचाईमा लोगो अंकित झण्डालाई फहराएका छन् । यो अभियानलाई सोही उचाईमा पुरयाउने गरी अभियानका अभियन्ताहरु निस्वार्थ लागेका छन् । अभियन्ता ओलीले पोखरा देखि ४ दिनको (एकदिन यातायात र तीन दिन पैदल ) यात्रा गरि अन्नपुर्ण बेस क्यामभन्दा माथीको भागमा लोगो अंकित झण्डालाई फहराएका थिए । यस कार्यमा (सुरुवाती कोठा नेपाल Start up room Nepal का सस्थापक सचिब द्वारिका निरौलाले साथ दिएका थिए ।


शुभकामना मेची महाकाली सफाइ अभियान टिमलाई

खबर एक्सप्रेस