आज:  | Mon, 22, Apr, 2024

बाग्मती सफाई महाअभियानको प्रेसनोट

२०७८, १७ बैशाख शुक्रबार २०:३९ मा प्रकाशित ( २ साल अघि) १७१४४ पाठक संख्या

बाग्मती सफाई महाअभियानको प्रेसनोट

कोरोना महामारिका कारण ४१६औं हप्ताको बाग्मती तथा उपत्यका लगायतका सरसफाई अभियानलाई सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाई , भेला नगरी सांकेतिक रूपमा आफ्नै घरआँगन, टोल, नदी वा संपदास्थल सरसफाई गरेर सम्पन्न गर्न र ती कामको जानकारी बाग्मती सफाई अभियन्ता गोविन्द काफ्ले र अभियन्ता किशोरसिंह शाही समक्ष पठाउनहुन अनुरोध गरिएको छ।

कोरोना महामारीको यस संकटको घडिमा सही सूचना र जानकारी संप्रषण गरेर सर्वसाधारण जनतालाई भाइरसको प्रकोपबाट सुरक्षित रहन सघाउने, अभरमा परेकाहरूलाई सक्दो सहयोग गर्ने, संक्रमण फैलिन नदिन एक जिम्मेवार नागरिकको भुमिका निर्भाह गरी अरूलाई पनि त्यसो गर्न उत्प्रेरित गर्ने, अत्यावश्यकीय वस्तु अनावश्यक थुपारेर नराख्ने, कालो बजारी तथा अनुचित ब्यापारिक कृयाकलाप भएको पाईएमा सम्बन्धित निकायलाई कारवाही गर्न सूचित गर्ने र घचघच्याउने, कसैले सुरक्षा मापदण्ड उलङ्घन गरेको देखेमा सम्झाइबुझाई गर्ने र अटेर गरेमा प्रहरीलाई खवर गर्ने एवं अतिआवश्यक परेमा बाहेक घरवाहीर ननिस्कने जस्ता असल नागरिकका कर्तब्य पालना गर्नुहुन अभियानको तर्फबाट सम्पूर्ण सफाई अभियन्ताहरूमा अपिल गरिएकोछ । कोरोना महामारी नियन्त्रण भएपछि यो अभियानलाई अझ प्रभावकारी र परिणाममुखी बनाएर लैजाने छौं। हाम्रो अभियान जारीछ । जारीछ ।।   जारीछ  ।।।                                    – मुख्यअभियन्ता लीलामणी पौडयाल

बाग्मती सफाई अभियानका वारेमा

२०७० साल जेठ ५ गतेबाट शुरूभएको बाग्मती सफाई महाअभियान  सभ्य समाज निर्माण, स्वभिमान र राष्ट्रिय जागरणको एक स्वयमसेवी अभियान हो। यो महाअभियान नेपालीले नेपालकालागि विशुद्ध समर्पण र त्यागको भावनाले उत्प्ररित छ। त्यसैले आठ वर्षदेखी निरन्तर चलेको यो अभियानको कुनै समिति छैन, खाता छैन र कुनै आर्थिक कारोवार गर्दैन।

यस अभियानमा हालसम्म् १० लाख भन्दाबढी ब्यक्ति सहभागि भएको अनुमान छ। यस अभियानको अगुवाई प्रेरणा र अनुसरण गर्दै काठमाडौं उपत्यकाका करीव २० स्थान र नेपालभर सय जति स्थानमा सरसफाई अभियान अहिले चलिरहेकोछ। मुलअभियानले बा्ग्मती, विष्णुमती र रूद्रमती नदीभित्र तथा किनाराबाट करीव बीस हजार मेटिक टन ठोस फोहर उठाएर काठमाडौं महानगरपालीकालाई जिम्मा लगाइएकोछ। यो महाअभियान २०७२ सालको भुकम्प र भारतीय नाकावन्दीका समयमा समेत निरन्तर चल्यो। भुकम्प पश्चात प्रभावितहरूका अस्थाई वस्तीमा सरसफाई तथा भत्केका संरचनाको फोहर सफाईमा केन्द्रित रह्यो। पहिलो लहरको कोरोना महामारीका समयमा पनि नदी किनारामा बसोवास गर्ने र अत्यन्तै समर्पित स्वयमसेवकहरूले भौतिक दूरी कायमगरी सुरक्षाका उपाय अपनाई यस महाअभियानलाई निरन्तरता दिएर सरफाई महाअभियानको मर्मलाई मर्न दिनु भएन। ती हाम्रा लागि गौरवका विषय हुन् ।

यस अभियानका उपलब्धीहरू 

१. काठमाडौँका सबै नदीमा खसालीएका ढलको व्यवस्थापनका लागि यही अभियानको बलमा सरकारले कार्यक्रम राखेको छ । यो अभियान शुरूहुनु भन्दा दुई वर्ष अघीदेखि अवरुद्ध यो काम अगाडि बढाउने र सबै नदीहरूमा ढलको व्यवस्था गर्नमा यही अभियानको योगदान छ ।

२. नदीको बालुवा चोरी नियन्त्रण भएको छ । यो अभियानले फोहोर गर्नेलाई दण्ड गर्न सरकारी निकायलाई सघाउने र दबाब दिने दुवै काम गरेको छ। नदीमा तथा सार्वजनिक स्थलमा जथाभावी फोहोर फ्याक्ने आमप्रचलनमा एकदमै कमी आएको छ।

३. यो अभियानले नदी किनाराका अतिक्रमिक जग्गा निखन्ने काममा सरकारी अधिकारीलाई सघाएको छ।

३. ठोस फोहोरमध्ये कुहिने फोहोरबाट मल र ग्यास निकाल्न स्थानीय समुदायलाई उत्प्रेरित गरेको छ।

४. उपत्यकाका नदीहरूमा करीव ६००० बृक्षारोपण गरी सबैजसो रोपिएका रूख हुर्काइएको छ।

५. सामाजिक उत्तरदायित्व अन्तरगत ब्यवसायिक प्रतिष्ठान तथा संघसंस्थालाई अनुरोध गरी बाग्मती नदी किनारामा करीव ३० वटा बगैंचाहरू निर्माण भएका छन्।

६.  फोहोरको दिगो व्यवस्थापन, जनसहभागिता र जनचेतना, नदी तथा सम्पदा संरक्षण र पुनस्स्थापना, पूर्वाधार निर्माण, बगैँचा निर्माण तथा वृक्षारोपण मार्फत सौन्दर्यीकरण र पर्यावरण संरक्षण, फोहोर गर्ने तथा बालुवा चोरी गर्ने प्रबृत्तिमा नियन्त्रण गरी स्वयंसेवालाई राष्ट्रव्यापी बनाउन यो अभियान सफल भएको  छ ।

७. सम्बद्ध कर्मचारीलाई उत्तरदायी र जिम्मेवार बनाउन पनि सफाइ महाअभियान सफल भएको छ।

८. राष्ट्रिय स्वयंसेवी अभियानलाई सरसफाई बाहेकका राष्ट्र निर्माण अभियानमा जुटाई आफ्नो मुलुक आफैँ बनाउन सक्छौँ र बनाउँछौँ भन्ने राम्रो उदाहरण यस अभियानले दिएको छ ।

९. यो मुलुक हाम्रो हो र हामीले नै बनाउने हो। अरू कसैले आएर बनाइदिएर हामीलाई सुम्पने छैन। हाम्रा कमीकमजोरी छन् भने पनि हामी नै मिलेर सच्याउने, सुधार्ने हो। विकास भनेको जनताको स्वाभिमान र जागरणको जगमा मात्र सम्भव छ भन्ने मूल मन्त्रका साथ अभियान अगाडी बढिरहेकोछ ।

१०. हामीले सरसफाई अभियान शुरूगर्दा वाग्मती नदी मृत थियो, ढल र फोहरको दलदल थियो, पानीको बहाव थिएन, वाग्मतीको किनारमा हिड्दा नाक छोप्नुपर्ने अवस्था थियो र किनार नजिकका घर जग्गा बेचेर अन्तै बसाई सर्ने मनस्थितिमा थिए। तर अहिले नदी किनारामा रेष्टुरेन्ट तथा अन्य ब्यवसाय फस्टाएका छन्। तदी किनारामा विहानबेलुकी टहलिनेहरूको भीड हुने गरेकोछ।  यही महाअभियानका कारण बाग्मती नदी किनाराका पार्कहरुमा योग गरिरहेका दृष्यहरु हेर्न सकिन्छ । भने ती पार्कहरुमा बिभिन्न म्यूजिक भिडियो फिल्म सुटिड. समेत हुने गरेका छन् ।

खबर एक्सप्रेस