आज:  | Sun, 09, May, 2021

हिमाल सफाई गर्ने क्रममा १५ वर्ष अघिदेखी हराइ रहेको हेलिकप्टर सेनाले भेटायो

२०७८, १७ बैशाख शुक्रबार १८:५८ मा प्रकाशित ( १ हफ्ता अघि) ९०० पाठक संख्या

काठमाडौं, बैशाख १७ गते । नेपाली सेनाले अहिले हिमाल सफाई अभियान सञ्चालन गर्दै आएको छ । हिमाल सफाई गर्ने क्रममा आजभन्दा १५ वर्ष अघिदेखी हराइ रहेको हेलिकप्टर भेटाएको सेना जारी गरेको प्रेस विज्ञप्तिमा जनाएको छ । धवलागिरी बेसक्याम्प देखि २०० मिटर दक्षिणतर्फ माउण्टेन ईक्युपमेन्ट सहितका दुई वटा मानव अवशेष र सोही बेस क्याम्पबाट अन्दाजी १ किमी ईटालि वेस क्याम्पतर्फ ९ एनएसी आर लेखेको हेलिकप्टरको अवशेष समेत फेला परेको सेना जनाएको छ । मृतकहरुको पहिचान बारे थप छानविन भइरहेको सेनाले जनाएको छ ।

 

 

 

खबर एक्सप्रेस