आज:  | Sun, 09, May, 2021

गुण एयरलाईन्सले छिट्टै ब्यवसायिक उडान भर्ने

२०७८, १७ बैशाख शुक्रबार ११:५६ मा प्रकाशित ( १ हफ्ता अघि) ५२८ पाठक संख्या

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले गुण एयरलाइन्सलाई ५ थान जे ४१ जेटस्ट्रिम जहाज उडानको अनुमति दिएको छ । मन्त्रालयले बुधबार एयरलाइन्सलाई मन्त्रीस्तरिय निर्णय गर्दै अनुमति दिएको हो । यसअघि २ वटा बिचक्राफ्ट विमानको उडान अनुमति पाएको कम्पनीले थप ५ जेटस्ट्रिम जहाजको उडान अनुमति पाएको हो । अब गुणको फ्लिटमा ७ विमान हुनेछ । गुणले पाँच जेटस्ट्रिम यति एयरलाइन्ससँग खरिद गरेको हो । सबै जहाज काठमाडौं आधार हुने गरी उडान हुने कम्पनीले जनाएको छ । 

मन्त्रालयले थप गरिएको फ्लिट २०७९ वैशाख १४ गतेभित्र उडान गर्नुपर्ने जनाएको छ । तर, कम्पनीले त्यसअघि नै सबै फ्लिटको जहाज उडान गरिसक्ने जनाएको छ । कम्पनीले अब ढिलोमा दुई महिनाभित्र सबै जहाजको उडान भर्ने एयरलाइन्सका अध्यक्ष राजेन्द्र शाक्यले बताएका छन् । अहिले जहाजको रंगरोगन र एयरपोर्टको ह्याङ्गरको काम गरिरहेको र त्यो सकिने वित्तिकै व्यावसायिक उडान हुने शाक्यले बताए । गुणले आफ्नो पहिलो व्यावसायिक उडान पोखराबाट गर्ने योजना बनाएको छ । 

खबर एक्सप्रेस