आज:  | Wed, 24, Apr, 2024

बाँकेमा उपचारकै क्रममा आठ जना सङ्क्रमितको मृत्यु

२०७८, १६ बैशाख बिहीबार १७:५७ मा प्रकाशित ( २ साल अघि) १४१९९ पाठक संख्या

बाँके । बाँकेमा भेरी अस्पताल र मेडिकल कलेजमा उपचारकै क्रममा आठ जना सङ्क्रमितको मृत्यु भएको छ ।
गएको राती नेपालगञ्ज १३ का ५८ वर्षीय पुरुष, कोहलपुर ११ निवासी ४३ वर्षीया महिला र बर्दिया, बढैयाताल गाउँपालिका ८ का ३२ वर्षीय पुरुष र नेपालगञ्ज ५ निवासी ५५ वर्षीय पुरुषको सङ्क्रमितको मेडिकल कलेजमा मृत्यु भएको थियो । त्यस्तै नेपालगञ्ज ४ का ६० वर्षीय पुरुष, नेपालगञ्ज ९ का ४२ वर्षीय पुरुष, लम्की चुहा नगरपालिका १ कैलालीका ४३ वर्षीय पुरुष र खजुरा गाउँपालिका २ का ६७ वर्षिया महिलाको भेरी अस्पतालमा मृत्यु भएको थियो । कोरोना सङ्क्रमणबाट हालसम्म बाँकेका १०६ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका १०९ जनाको मृत्यु भइसकेको छ ।

खबर एक्सप्रेस