आज:  | Sun, 09, May, 2021

किर्तिपुरमा नयाँ सिनेमाहल संचालनमा आउने

२०७८, १६ बैशाख बिहीबार १५:३४ मा प्रकाशित ( १ हफ्ता अघि) १०८६ पाठक संख्या

नेपाली चलचित्रका वितरक तथा हल संचालक नरेन्द्र महर्जनले काठमाडौको पुरानो बजार किर्तिपुरमा नयाँ सिनेमाहल संचालनमा ल्याउने तयारी गर्दै छन् । २८० सिट क्षमताको हल छिटै संचालन ल्याउने तयारी गरेका छन् । कोरोना संक्रमण कम भएसँगै हल संचालनमा आउनेछ । दुई पर्दा रहने हलमा हाल एउटा पर्दा मात्र संचालनमा आउनेछ । किर्तिपुरमा रहेको पहिलाको हललाई नै पूनःनिर्माण गरेर हल अत्याधुनिक तरिकाले संचालनमा ल्याउन लागिएको छ । कोरोना कहरका कारण देशभरका केही सिंगल हलहरु बन्द भएपनि केही नयाँ हलहरु पनि निर्माण हुने क्रममा छन् ।

 

खबर एक्सप्रेस