आज:  | Thu, 18, Apr, 2024

चलचित्रकर्मी कल्याणकारी कोष बसुन्धराको सक्रियतामा ३ लाख २० हजार जम्मा

२०७८, १६ बैशाख बिहीबार १०:४८ मा प्रकाशित ( २ साल अघि) १२८०४ पाठक संख्या

चलचित्र विकास बोर्ड अन्तरगतको चलचित्रकर्मी कल्याणकारी कोषकी संयोजक बसुन्धरा भुषाले अमेरिका भ्रमणका क्रममा जुटाएको ३ लाख २० हजार रुपैयाँ चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य सचिव महेन्द्र प्रसाद साँखीलाई नगद हस्तान्तरण गरेकी छन् । चलचित्र विकास बोर्डको ‘चलचित्रकर्मी कल्याणकारी कोषमा ४ करोड भन्दा बढी रकम जम्मा भएको छ । यो कार्यमा बसुन्धराको ठुलो भूमिका रहेको छ । यो कोषमा जम्मा भएको रकमबाट चलचित्रकर्मीलाई सहयोग गर्ने, औषधी उपचार गरिदिने, आपतकालिन अवस्थामा सहयोग गर्ने, मृत्युपरान्त काजकिरिया सहयोग गर्ने लगायतका सेवाका कार्य गर्ने गरिन्छ ।
अमेरिकामा रहेका कलाकार तथा चलचित्रकर्मी र नेपालीहरु मध्य लोक गायक प्रेमराजा महतले १ लाख तीन हजार दुई सय, नायिका पुजा आर लामा र राजु लामाबाट २४ हजार एक सय बिस, नायिका साराङ्गा श्रेष्ठबाट २४ हजार एक सय बिस, कलाकार सबिता अधिकारीबाट १२ हजार ६ सय, दिव्य चन्दबाट १२ हजार एक सय बिस, नायिका अरुणिमा लम्सालबाट १२ हजार एक सय बिस, नायक दिलिप रायमाझी र मञ्जु रायमाझीबाट १२ हजार एक सय बिस, नायिका रञ्जना शर्माबाट १२ हजार एक सय बिस, नायक मुकेश आचार्यबाट १२ हजार एक सय बिस, सुरेश श्रेष्ठबाट १२ हजार एक सय बिस, कलाकार राधा शर्माबाट ६ हजार एक सय बिस, भेष पोखरेलबाट ६ हजार एक सय बिस, प्रकाश शर्मा र करुणा शर्माबाट २४ हजार एक सय बिस, संचिता थापाबाट २४ हजार एक सय बिस, डा.रबिन राईबाट १२ हजार एक सय बिस गरि ३ लाख १६ हजार ५ सय ६० रुपैयाँ सहयोग दिएका थिए । यस कोषमा बसुन्धरा भुषालको परिवारले पनि सहयोग गरेको छ । भने अहिलेका ब्यस्त नायक पल शाहले पनि १ लाख एक सय एक रुपैयाँ प्रदान गर्ने बताएका छन् ।

खबर एक्सप्रेस