आज:  | Sun, 09, May, 2021

पोखरामा यूवाहरु जुटे ड्यामसाइड सफाइमा

२०७८, १३ बैशाख सोमबार २३:२३ मा प्रकाशित ( १ हफ्ता अघि) २८८४ पाठक संख्या

सामाजिक संजालबाट आग्रह गरी केही यूवाहरु मिलेर पोखरामा रहेको फेवातालको तल्लो भाग ड्यामसाइडको सफाइ गरिएको छ । सामाजिक संजाल फेसबुक र ईस्टाग्रामबाट जोडिएर यो सामूहिक कार्य स्वरुप फेवातालको सानो भाग सफाइ गरिएको हो । यो क्षेत्रमा अत्याधिक मात्रामा प्लास्टिकजन्य पदार्थहरु, बोतलहरू, मलमुत्र, मदिरा, जनावरको गोबर जस्ता फोहोरले भरिएको थियो । यस भागमा दलदलले भरिएको थियो ।

त्यस ठाऊमा कोही भित्र पस्ने सम्भव पनि थिएन तर केही यूवा अभियन्ताहरु डुडगाको साहरा लिएर लगभग ६ घण्टा लगाएर ती थुप्रियका फोहोर हटाउन सफल भएको र अझै केही बाँकी भागको फोहोर रहेकोले निरन्तर लागेर सफा गर्ने योजनामा ती यूवाहरु रहेका छन् । यसको संयोजन स्मृती ओझाले गरेकी थिइन ।

 

तस्बिर : स्मृती ओझा

खबर एक्सप्रेस