आज:  | Thu, 18, Apr, 2024

‘कबड्डी ४’को शुभसाइत सम्पन्न

२०७८, १२ बैशाख आईतवार २२:५४ मा प्रकाशित ( २ साल अघि) १२६१८ पाठक संख्या

सफल चलचित्र कबड्डीको सिरिज ‘कबड्डी ४’को शुभसाइत सम्पन्न भएको छ । नक्सालस्थित भाटभटेनी मन्दिरमा चलचित्रको शुभसाइत गरिएको हो । तर, चलचित्रको छायांकन भने अहिले हुने छैन । कोरोनाका कारण निर्माणपक्ष निर्णय लिन सकेको छैन। चलचित्रमा नायक दयाहाङ राई, सौगात मल्ल, वुद्दि तामाङ, बिजय बराल, मिरुना मगर, गौमाया गुरुङ लगायतका कलाकारको मुख्य भूमिका रहनेछ । बासुुरी फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । चलचित्रमा मणीराम पोखरेल, अर्जुन कार्की, ओमचन्द्र रौनियारको लगानी रहनेछ । चलचित्रमा निमेश श्रेष्ठको सम्पादन, शैलेन्द्र डी कार्कीको छायांकन, कालिप्रसाद बाँस्कोटाको संगीत रहनेछ ।

खबर एक्सप्रेस