आज:  | Sun, 09, May, 2021

निफको चौथो संस्करण अनलाइनबाट हुने

२०७८, ११ बैशाख शनिबार २३:४८ मा प्रकाशित ( २ हफ्ता अघि) ११७९ पाठक संख्या

काठमाडौंँ । नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) को चौथो संस्करण अनलाइनबाट हुने भएको छ । नेपालमा कोरोना बढेसँगै आयोजकले फेस्टिभल अनलाइन मार्फत गर्ने निर्णय भएको ‘निफ’ का अध्यक्ष केपी पाठकले जानकारी दिए । वैशाख २३ देखि २७ गतेसम्म हुने निफमा नेपाली फिचर फिल्मबाहेक ५२ देशका ४ सय ५० बढी फिल्मले सहभागिता जनाउँदैछन् । कोरोना महामारीको विषयमा बनेका फिल्मलाई पनि अलग्गै विधामा प्रतिष्पर्धामा छन् । कोभिडले पारेको प्रभावमा बनेका फिल्मले ५ सय अमेरिकी डलर तथा ट्रफी प्राप्त गर्नेछन् भने अन्य विधामा उत्कृष्ट फिल्मलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ ।

खबर एक्सप्रेस