आज:  | Fri, 29, Mar, 2024

शाहरुखले ‘पठान’ का लागी सय करोड पारिश्रमिक लिए

२०७८, १० बैशाख शुक्रबार २०:४४ मा प्रकाशित ( २ साल अघि) १२३७० पाठक संख्या

बलिउड बादशाह अभिनेता शाहरुख खानले नयाँ फिल्म ‘पठान’ का लागी सय करोड पारिश्रमिक लिएको चर्चा चलेको छ । यसरी बलिउडमा सय करोड बुझ्ने कलाकार थोरै मात्र रहेकाछन् । केही दिन अघि फिल्म समीक्षक उमैर सन्धूले ट्विट गर्दै ‘पठान’ का लागि शारुखले सय करोड पारिश्रमिक लिएको खुलाएका थिए । यशराज ब्यानरमा बनिरहेको फिल्ममा शाहरुखले सय करोड लिएका हुन । यद्यपि, यसबारेमा अहिलेसम्म निर्माण टिमले आधिकारिक जानकारी दिएको छैन । शाहरुखले ‘जीरो’ पछि दुई वर्षपछि मात्र फिल्ममा कमब्याक गर्न लागेका हुन् । अहिले दुबईमा फिल्मको छायांकन भइरहेको छ । उनीसँगै अभिनेत्री दीपिका पादुकोण र अभिनेता जोन अब्राहम पनि प्रमुख भूमिकामा देखिँदैछन् । फिल्ममा अभिनेता सलमान खानको पनि केमियो रहनेछ । फिल्मको निर्देशन सिद्धार्थ आनन्दले गरिरहेका छन् ।

खबर एक्सप्रेस