आज:  | Mon, 14, Jun, 2021

६७ वटा गिद्ध एकै ठाउँ मरे

२०७८, ८ बैशाख बुधबार २१:४८ मा प्रकाशित ( १ महिना अघि) २५१२ पाठक संख्या

पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा एकैसाथ ६७ वटा गिद्ध मरेका छन् । रामग्राम नगरपालिका वडा ४ जितपुरमा एक व्यक्तिले विष खुवाई मारेर फालेको कुकुरको सिनो खादा यो घटना घटेको अनुमान लगाईएको छ । मरेको कुकुरको सिनो गिद्धले खाएर अचानक बिरामी भएर मर्न थालेका थिए । डंगर अति संकटापन्न गिद्ध ३१ वटा, सानो खैरो अति संकटापन्न गिद्ध एउटा, हिमाली संकटापन्न ३३ वटा र राजगिद्ध (संरक्षित) २ वटा गरि कुल ६७ वटा गिद्ध मरेका छन् । कुकुरको सिनोमा विषादी भएकोले यो घटना घटेको हुनसक्ने आशंका गरिएको छ । कुकुर मारेर खुल्ला ठाउँमा फाल्ने व्यक्तिको खोजी कार्य भैरहेको स्थानीय प्रशासनले बताएको छ ।

खबर एक्सप्रेस