आज:  | Mon, 14, Jun, 2021

राप्रपा दैलेख नारायण नगरसमितिमा पुलामी

२०७८, ८ बैशाख बुधबार २०:३९ मा प्रकाशित ( १ महिना अघि) ४६२० पाठक संख्या

दैलेख । राष्ट्रिय प्रजातन्त्र पार्टीको दैलेख जिल्लाको नारायण नगरपालिकाको नगर अधिवेशन सम्पन्न भएको छ । शिवराज पुलामीको अध्यक्षतामा २४ सदस्य कार्य समिति चयन भएको छ । कार्यक्रममा बोल्दै पूर्वराज्य मन्त्री एवं राप्रपा राष्ट्रिय प्रजातन्त्रिक महिला संगठन केन्द्रिय अध्यक्ष कुन्ति कुमारी शाहीले अबको बैकल्पिक शति भनेको राम्रपा भएकोले सबै तह तप्काबाट सक्रिय भएर लाग्नु पर्ने समय आएको बताई्न । राप्रपा सवै राष्ट्रवादी नागरीकहरूको साझा पार्टि भएकोले राष्ट्रियताको संरक्षण गर्नका लागी राप्रपा एक मात्र बैकल्पिक शति भएको बताईन् । निर्वाचित कार्यसमितिलाई निर्देशन दिँदै जनताको घरदैलोमा पुगेर राप्रपाको सिद्धान्त र पार्टिको नितिलाई स्पष्ट जानकारी गराउन र आगामी निर्वाचनमा राप्रपालाई बैकल्पिक शतिमा पुरयाउनु पर्ने जिम्मेवारी बोध गराईन् ।

खबर एक्सप्रेस