आज:  | Mon, 14, Jun, 2021

गृहमन्त्री थापाले दौरासुरुवालमा पुनःनियुक्तिका लागी शपथ खाए

२०७८, ५ बैशाख आईतवार २२:४७ मा प्रकाशित ( १ महिना अघि) १६१३ पाठक संख्या

आइतबार पदमुक्त भएपछि पुनःनियुक्ति पाएका गृहमन्त्री रामबहादुर थापा बादलले सपथ लिएका छन् ।
राष्ट्रियसभा सदस्यबाट पदमुक्त भएपछि मन्त्री पद गुमाएका उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गृहमन्त्रीमा पुनः नियुक्ति गरेकी हुन् । थापाले आइतबार राष्ट्रपति भण्डारीसमक्ष सपथ लिए । थापा अब ६ महिनासम्म मन्त्री रहन सक्नेछन् ।
थापा राष्ट्रियसभा निर्वाचित भएको दल नेकपा माओवादी केन्द्रले उनलाई निश्कासन गरेको पत्र राष्ट्रियसभामा पठाएको थियो । आइतबार संघीय संसद सचिवालयले थापालाई कारबाही गरेको पत्र राष्ट्रिय सभामा प्राप्त भएको सूचना जारी गरेपछि उनी पदमुक्त भएका थिए । थापाले शपथ लिदा दौरासुरुवालमा शपथ खाएका थिए ।

खबर एक्सप्रेस