आज:  | Sun, 09, May, 2021

३१ वर्षीय संक्रमितको नेपालगंजमा मृत्यु

२०७८, ३ बैशाख शुक्रबार १२:३९ मा प्रकाशित ( ३ हफ्ता अघि) १२७२ पाठक संख्या

नेपालगंज- बाँकेमा आज बिहान थप एक जना बाहिरी जिल्लाको संक्रमितको मृत्यु भएको छ । योसंगै बाँकेमा बाहिर जिल्लाका संक्रमितको मृत्यु हुने संख्या ९३ पुगेको छ ।गुर्भाकोट-१३, सुर्खेत निवासी ३१ वर्षीय संक्रमित पुरुषको उपचारका क्रममा भेरी अस्पताल, नेपालगंजमा मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिनुभयो । एक हप्ता अघि मात्र भारतबाट फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछी नेपालगंज मेडिकल कलेज कोहलपुर प्रयोशालामा गरिएको पिसिआर परिक्षणमा कोरोना पुष्टि भएको थियो । कोरोना पुष्टि भएपश्चात चैत्र ३१ गते भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरि उपचार गर्दा गर्दै आज बिहान ७ बजेर ३५ मिनेटमा मृत्यु भएको भेरी अस्पतालले जनाएको छ ।

खबर एक्सप्रेस