आज:  | Sun, 09, May, 2021

आज कोरोनाका ५ जनाको मृत्यु

२०७८, २ बैशाख बिहीबार १९:१५ मा प्रकाशित ( ३ हफ्ता अघि) १०५५ पाठक संख्या

काठमाडौं, वैशाख २ गते । नेपालमा कोरोनाका ४९० जना नयाँ सङ्क्रमित भेटिएका छन् । आज तीन हजार ५८८ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४९० जनामा सङ्क्रमण पुष्टि भएको हो ।
आज थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोना सङ्क्रमित सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको छ । आज १५७ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ६०४ जना निको भइसकेका छन् । आज ५ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाबाट तीन हजार ६६ जनाको मृत्यु भएको छ ।

खबर एक्सप्रेस