आज:  | Sun, 09, May, 2021

कोरोनाका ५८० जना सङ्क्रमित थपिए

२०७८, १ बैशाख बुधबार २१:५५ मा प्रकाशित ( ३ हफ्ता अघि) १३०३ पाठक संख्या

काठमाडौं, बैशाख १ गते । नेपालमा कोरोनाका ५८० जना सङ्क्रमित थपिएका छन् । आज चार हजार २८९ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५८० जनामा सङ्क्रमणको पुष्टि भएको छ । आज ४५१ जनाको एन्टीजेन परीक्षण गरिएकोमा २३ जनामा पुष्टि भएको छ। आज काठमाडौं उपत्यकामा २५४ जना सङ्क्रमित भेटिएका छन् । काठमाडौंमा १७३ जना, भक्तपुरमा २०, ललितपुरमा ६१ जनामा सङ्क्रमणको पुष्टि भएको हो । आज १२९ जना सङ्क्रमित निको भई घर फर्केका छन् । अब नेपालमा चार हजार ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण सक्रिय छ । अहिले ७९ जना क्वारेन्टिनमा र चार हजार ५६ जना आइसोलेशनमा छन् । आज तीन जना सङ्क्रमितको मृत्युको पुष्टि भएको छ । हालसम्म तीन हजार ६१ जना संक्रमितको मृत्यु भएको छ ।

खबर एक्सप्रेस