आज:  | Sun, 09, May, 2021

छैठौं राष्ट्रिय झण्डा महोत्सवमा महानायिका करिष्मा

२०७८, १ बैशाख बुधबार १२:३६ मा प्रकाशित ( ३ हफ्ता अघि) २१४० पाठक संख्या

काठमाडौं । नेपाल देशको राष्ट्रिय झण्डा संसार कै आकर्षक मध्यको छ । आज छैठौं राष्ट्रिय झण्डा महोत्सव काठमाडौंको माईतीघर मण्डलामा सम्पन्न भएको छ । आजको कार्यक्रममा नेपाली चलचित्र क्षेत्रकी सदाबहार एवं महानायिका करिष्मा मानन्धरको प्रमूख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रम हरेक बर्ष भब्य तरीकाले आयोजना गर्दै आएकोमा गतबर्षदेखी कोरोना कहरका कारण सामान्य किसिमले गर्दै आएको हो । कार्यक्रममा नेपाल सरकारका पूर्वमुख्य सचिब लीलामणी पौडयाल लगाएत अभियन्ताहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै अभिनेत्री करिष्मा मानन्धरले राष्ट्रिय झण्डाको महत्व बारे आफ्नो बिचार राखेकी थिइन ।


उनले भनिनः
मानव जीवनको सार्थकताका लागि साहस, शान्ति र गम्भीरता हुनु आवश्यक छ । मानव जीवन मात्रै होईन, राष्ट्रको चरित्र पनि यस्तै हुनुपर्छ । हाम्रो झण्डा त्रिकोणात्मक छ । त्रिकोणले हिमालका चुचुरालाई जनाउँछ । त्रिकोणले हाम्रो देशको भौगोलिक संरचनालाई पनि जनाउँछ(हिमाल, पहाड, तराई । त्रिकोण झण्डाको भुइँमा रातो रंग मिसिएको छ । तसर्थ, यसले आगोलाई पनि जनाएको छ । आगोको अध्यात्मिक अर्थ ईश्वर हो, भौतिक अर्थ उर्जा र ताप हो । यसको सदुपयोग भयो भने प्राणीको हित गर्छ र दुरुपयोग भयो भने प्राणीको नाश गर्छ। गहिरिएर हेर्दा, नेपालको झण्डा जीवन र जगतको प्रतिविम्ब झैँ देखिन्छ । निलो रंग आकाशको प्रतीक, आकाश गम्भीरता, रहस्य, शुन्यता र मोक्षको प्रतीक । रातो रंग सौर्यको प्रतिक । सौर्य साहस र सौभाग्यको प्रतिक । सेतो रंग शान्ति र पवित्रताको प्रतीक, अहिंसाको प्रतिक सुर्य उर्जाको प्रतीक । साहस र दिनको प्रतिक । चन्द्रमा शितलताको प्रतीक । आनन्दको प्रतीक । पौष्टिकता र आयुको प्रतीक अनि हामी सबै नेपालीको एकताको प्रतीक हाम्रो झण्डा दिवसको उपलक्षमा हार्दिक शुभकामना ट्क्राउन चाहान्छु । भन्दै राष्ट्रिय झण्डा प्रतिको गर्व बारे आफ्नो मंतब्य राखिन् ।


राष्ट्रिय झण्डा बारे
राष्ट्रिय झण्डा कुनै पनि राष्ट्रको गौरब र सम्मानको चिन्ह हुने गर्दछ । राष्ट्रिय झण्डामा त्यस राष्ट्रको जीवन र शक्तिको सङ्केत हुन्छ । राष्ट्रको लक्ष्य, नीति र महत्वलाई झल्काई त्यहॉका जातजातिमा भावनात्मक एकता बढाउने काम यसै झण्डाले गर्ने गर्छ । त्यसैले राष्ट्रिय झण्डालाई कुनै पनि राष्ट्रमा सर्वोच्च प्रतिकको रुपमा लिने गरिन्छ । नेपाल एक सार्वभौम स्वतन्त्र राष्ट्र हो । नेपालको आफ्नै राष्ट्रिय झण्डा छ । २०१९ पुष १ गते अंगीकरण गरिएको हालको संस्करणको झण्डा हो । राष्ट्रिय झण्डा तीनकुने आकारको छ । नेपालको राष्ट्रिय झण्डा विश्वमा एक मात्र चारकुने आकार नभएको राष्ट्रिय झण्डा हो । यो झण्डा दुई त्रिकोण (एक माथि अर्को) मिलेर बनेको छ । माथिल्लो त्रिकोणमा अर्ध चन्द्र र तल्लोमा सुर्य छ, जसले आकाशमा चन्द्र र सुर्य रहुन्जेल नेपाल रहीरहने कुरालाई जनाउँछ । यस झण्डामा सिम्रक रङको भुइ छ र वरिपरि गाढा नीलो किनार रहेको छ। नीलो किनारा शान्तिको प्रतिक हो र सिम्रिक रङ नेपालको राष्ट्रिय रङ हो । राष्ट्रिय झण्डामा देखिने रातो र नीलो रङ तथा सूर्य र चन्द्रमाका आफ्नै विशेषता छन् । आकाश नीलो भएझै हाम्रो झण्डामा रहेको नीलो किनारले नेपाल आकाश जत्तिकै व्यापक छन् भन्ने सङ्केत गर्छ । भने रातो रङ क्रान्तिको प्रतिक हो । बिचमा रहेको रातो भुईले नेपालका पुर्खाले रगतका धारा बगाएर बचाएको वीरभूमि हो र यो क्रान्तिकारी पनि छ भन्ने बुझाउछ । नेपालको राष्ट्रिय झण्डामा अङ्कित सूर्य र चन्द्रमाले नेपाल अटल र अमर छ भन्ने जनाउछ । चन्द्रमालाइ शितलता र सुर्यलाई क्रान्तिको प्रतिक पनि मानिन्छ । हरेक राष्ट्रका जनताका लागी आफ्नो देशको राष्ट्रिय झण्डा प्राण भन्दा प्यारो हुन्छ । हाम्रो झण्डा संयुक्त राष्ट्र संघको कार्यालय देखी सगरमाथासम्म फहराए थिए। सगरमाथा चढने पहिलो नेपाली तेन्जिङ नोर्गेले यो झण्डालाई सगरमाथामा फराएका थिए । बलिदान, शान्ति र समृद्धिको अर्थ राख्ने दुईवटा त्रिभुजाकारबाट बनेको नेपालको झण्डा संसार कै बिशेष आकर्षक मानिन्छ । यसमा आठ कुने चन्द्रमा र १२ कुने सूर्य राखिएको हुन्छ ।


यस्तो छ विश्वमा राष्ट्रिय झण्डाको इतिहास
राष्ट्रिय झण्डा प्रयोग गर्नुअघि युद्धको मैदानमा सेनाहरुले विभिन्न रंगका कपडा लौरामा बाँधेर राख्ने गरेको यसका अध्ययेताहरुको भनाइ छ । झण्डाको प्रयोगको मितिबारे ठोष प्रमाण हालसम्म नभेटिएपनि युद्धको मैदानमा सेनाले आफ्ना सैनिकलाई एकत्रित गर्न निश्चित ठाउँमा रंगीन कपडा फहराइन्थ्यो । पछि यही कपडाहरुलाई विशेष आकार र रुपरंगमा युद्धको मैदान हुँदै राष्ट्रिय झण्डाको रुपमा प्रयोग गर्न थालिएको इतिहास छ । १९औं शताब्दीसम्म आइपुग्दा प्रत्येक देशले आ–आफनो राष्ट्रिय झण्डा छनोट र प्रयोग गर्न थालिएको हो । सबैभन्दा पहिले चीन, भारत वा रोमबासीहरुले कपडाको झण्डा प्रयोग गरेको भनिन्छ तर यो पनि पुष्टि भएको छैन । इसापूर्व ११२६ मा चीनमा रहेको झाओ राजबंशका बेला सेतो रङको झण्डा प्रयोग भएका प्रमाण फेला परेका छन् । संसारको सबैभन्दा पुरानो राष्ट्रिय झण्डा डेनमार्कको झण्डालाई मानिन्छ, जुन सन् १२१९ मा प्रयोग शुरु गरिएको हो । त्यसपछि सन् १३३९ मा स्वीट्जरल्याण्डले पनि आफ्नो राष्ट्रिय झण्डा प्रयोगमा ल्याएको हो ।

 

 

खबर एक्सप्रेस