आज:  | Sun, 09, May, 2021

कोरोनाबाट आज ५ जनाको मृत्यु

२०७७, ३१ चैत्र मंगलवार २२:५३ मा प्रकाशित ( ३ हफ्ता अघि) १०२४ पाठक संख्या

काठमाडौं, चैत ३१ गते । नेपालमा कोरोनाका ४६० जना नयाँ सङ्क्रमित भेटिएका छन् । थपिएका सङ्क्रमित संख्यामा अब जम्मा दुई लाख ८० हजार ९४८ पुगेका छन् । आज १५३ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार ३१८ जना निको भएर घर फर्केका छन् । आज ५ जनाको कोरोनाका कारण मृत्युको भएको छ । हालसम्म नेपालमा तीन हजार ५८ जनाको मृत्यु भएको छ । हाल तीन हजार ६०८ जना आइसोलेशनमा र ८५ जना क्वारेन्टिनमा छन् ।

खबर एक्सप्रेस