आज:  | Sun, 09, May, 2021

बंगालमा भाजपा सरकार बने गोर्खाली समुदायका सबै मुद्दा एक हप्ता भित्र फिर्ता लिने अमित शाह

२०७७, ३१ चैत्र मंगलवार १६:१३ मा प्रकाशित ( ३ हफ्ता अघि) १३९६ पाठक संख्या

भारत कालेबुङ सुमन बस्नेत

भारतका केन्द्रीय गृहमन्त्री अमित शाह नेपाली ढाका टोपी लगाएर पश्चिम बंगालको दार्जिलिङ र कालेबुङमा आयोजित सभालाई सम्बोधन गरेका छन् । कालेबुङमा उनलाई भब्य स्वागत गरिएको थियो । स्थानिय झाकी सहित् गृहमन्त्री शाहलाई नेपाली समुदायका बिभिन्न समस्या बारे अवगत गराईएको थियो । दार्जिलिङ र कालेबुङमा आयोजित सभालाई सम्बोधन उनले भने नेपालबाट आएका नेपालीहरु पनि मेरा आफ्ना दाजुभाइ हुन् । गोरर्खालीहरु यहाँका हुन् कसैले डर देखाउँछ भने नडराउनुस् ।

गोर्खालीहरु र नेपालीहरुको सम्मानका लागि भारतीय जनता पार्टी जोसूकै सँगपनी लड्न सक्छ उनले सम्बोधनका क्रममा भनेका छन् ।
देशभक्त समुदायको नाम लिदा पहिला गोर्खालीहरुको नाम लिने गरिन्छ यो गर्वको बिषय भएको बताए । सम्बोधनका क्रममा उनले भने बंगालमा भारतीय जनता पार्टीको सरकार बनेपछी गोर्खाली समुदायमाथि लगाइएका सबै मुद्दा एक हप्ता भित्र फिर्ता लिने प्रतिबद्धता ब्यक्त गरे ।

खबर एक्सप्रेस