आज:  | Sun, 09, May, 2021

कोरोनाका ५५९ संक्रमित थपिए १३ जना मृत्यु

२०७७, ३० चैत्र सोमबार १८:३२ मा प्रकाशित ( ३ हफ्ता अघि) १२७२ पाठक संख्या

नेपालमा आज कोरोनाका ५५९ जनामा संक्रमण पुष्टि भएको छ । आज ४,३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । आज सबैभन्दा धेरै काठमाडौँमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको संख्या ३०५३ पुगेको छ । आज १३८ जना निको भएका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । त्यस्तै, नेपालमा सक्रिय संक्रमितको संख्या ३,३०६ रहेको छ ।

खबर एक्सप्रेस