आज:  | Fri, 29, Mar, 2024

तिमिहरुको लापरबाहिले गर्दा त्यो दिन स्वास बन्द भएको आत्माले तिमिहरुलाइ माफी देला जस्तो लाग्छ?

२०७७, ३० चैत्र सोमबार १०:४५ मा प्रकाशित ( २ साल अघि) १५८११ पाठक संख्या

चैत्र ३० गते हिन्दाहिन्दै छाती दुख्यो,श्वास-प्रस्वासमा समस्या देखियो।एक्छिन पछि आफै ठिक भयो।भोलि पल्ट देखि भर्याङ चड्दा,हिन्दा छाती दुख्न थाल्यो।२२ गते राती १२ बजे देखि छाती वरपर सम्पुर्ण भागमा अति पीडा हुन थाल्यो,दुखाइ झन्झन बढ्दै गयो २.४५ तिर सहनै नदकिने गरि दुखाइले औडाहा भए पछि छोराको मोटरसाइकलमा अस्पताल तिर हिडे।दुखाइ सहन नसक्ने अबस्था भयो।मोटरसाइकल रोड्मै छाडेर ट्याक्सिमा राती ३ बजे महाराज्गन्ज टिचिन्ङ्ग अस्पतालस्थित मनमोहन कार्डियोथेरासिस भास्कुलर सेन्टरको आकस्मिक केन्द्रमा भर्ना भए ।त्यो ठाउमा अघिको तनको दुखाइ त एउटा सुइले बिसेक भयो।इमर्जेन्सीका स्टाफ्हरुले दिनभर मनको दुखाइ बढाइरहे।म भन्दा १ घन्टा पछि एक जना मुटु रोगी को अबस्था एक्दम नाजुक थियो,मेरै बेड सटेको बेड्मा राखियो बिरामी छट्पटाइ रहेका थिए उनलाइ आइ सि यु मा राख्नुपर्ने थियो तर पि सि आर चेक गरेको रेपोर्ट नहुदा तेसो गरिएन।बेड्मै ती बिरामी लाई ठुलो झड्काले हान्यो,बेहोस भए, छोरिहरु रुन कराउन थाले, डक्टर नर्सहरुले जोड्सङ्ग छाती थिचे सक लगाए ठिक भयो, छोरीलाई बोलायो बेड्मुनी बसेर दिशा गर्यो ,बो ल्न थाल्यो तेस्तै २ घन्टा पछि पुन तेस्तै भयो तर त्यो बिचरा बचेन इमर्जेन्सिकै बेड्मा सदाको लागि अस्तायो।छोरिहरु रुन कराउन थाले वरिपरि पर्दा लगाइ दिएर त्यहाका डक्टर नर्सहरु अलि पर गए स्वभाबिक रुपमा हास्ने मुस्कुराउने गर्न थाले,अस्पतालको आकस्मिक सेवा देखेर केही बेर म रोइरहे,त्यो क्षणमा त्यहाका स्वास्थ कर्मी केही सम्बेदनसिल भैदिएको भए त्यो बिरामिलाइ बचाउन कठिन थिएन जस्तो लाग्छ तर त्यहाका डक्टर नर्सहरु processing तिर गैरहेका थिए।बिरामी बचाउनेमा कुनै ध्यान थिएन कागजमा प्रकृया खोजिरहेका थिए, पि सि आर को रेपोर्ट नभएका कारण उनको लागि सघन उपचार कक्षको ढोका बन्द थियो,छिडिमा रहेको आकस्मिक सुरुङ भित्र उनको मुटुको धड्कन सदाका लागि बन्द भयो यो विवरण २०७७/१२/२३गते बिहान ११/१२ बजेको हो।

अब मेरो कहानी– म छातिमा (पीडा होइन )अति पीडा भएर म मनमोहन मुटु रोग अस्पताल महाराज गन्जको इमर्जेन्सिमा भर्ना भएको बेहोरा त्यहाका सरोकार वाला डक्टर नर्स सबैलाइ सुनाउदै ऐया आच्छु गरि रहेको छु।हृदय्घातका प्रसस्त लक्षणहरु दिखिरहेका छन, राती ३ बजे देखि साझ ६ बजे सम्म मलाइ त्यो छिडिमा कति खेर कुर्सिमा राख्ने,कतिखेर उभिनु पर्ने, यस्तै गरि १० घन्टा राखेर अन्तिममा निम्न सल्लाह दिने गरि घर फर्किनको लागि discharge गरियो।

1-pcr चेक गरेर रिपोर्ट लेने

2-त्यो रिपोर्ट लिएर TMT गर्ने ठाउमा देखाउने।

3-TMT को date लिने।

4-तोकिएको दिनमा आएर TMT गर्ने।

5-TTMT र PCR रिपोर्ट लिएर OPD मा लाइन बसेर कुनै एक थान डक्टर साबलाइ देखाउने।बाकी मौसुफको आदेस बमोजिम अस्पतालका भर्याङ्ग,खुड्किला चढ्ने,ओर्लने, सकेसम्म दौडधुप गर्ने।

राती ८ बजे घरमा आएर केही जानेबुझेका शुभचिन्तकहरुलाइ  अस्पतालको सबै रामकहानी सुनाए।त्यो दिन मनमोहन कार्डियोथेरासिस मा रहेका स्वास्थ्यकर्मिहरुले चरम लापर्बाहिपुर्ण कार्य गरेको सुझाव प्राप्त भै भोलि पल्ट धुम्बराहिमा रहेको नेसनल कार्डियाक सेन्टर्मरमा डा. ओम मुर्ती अनिल सङ्ग सबै चेक जाँच गराउदा “mini attract” अर्थात् हृदयघात भैसकेको र एन्जियोग्राफ गर्नु पर्ने सल्लाह अनुसार २०७७/१२/२५ गते नै सहिद गङगालाल रास्टिय मुटु रोग अस्पताल जादा तुरुन्त एन्जियोग्रफी भै मुटुमा तिनवटा ब्लकेज भएर ९९% ब्लक भएको देखिदा तत्काल जाली राखेर स्ट्यान्ड लगाउने काम भयो। अब मनमोहन मुटु रोग महाराज्गन्जको आकस्मिक कक्षमा बिराजमान ड!क्टर मन्डलिलाइ निम्न जिज्ञासा् ।

१-तिमिहरुले मनमोहन जस्तो ऐतिहासिक र सम्मानित बेक्तित्वको नामसङ्ग जोडिएको स्वास्थ सङ्ग सम्बन्धित पबित्र सङ्स्थामा कुन उदेस्यका साथ जागिर खाएका हौ?

२-हृदयघात भएर इमर्जेन्सिमा भर्ना भएको बिरामिलाइ पि सि आर टेस्ट नगरी बचाउन मिल्दैनर?

३-दुई कदम हिड्दा पनि असह्य हुने बिरामिलाइ २/३दिन पर्खेर  TMT नामक मेसिनमा मर्ने गरि दौडनु नै पर्ने हो त?

४-सिकिस्त बिरामी भै शल्य किकित्सा पद्धती अप्नाउउनु पर्ने प्रकृतिको बिरामी पहिचान हुदाहुदै पुन लाइन लागेर २/३ दिन पछि  opd को मार्ग भएर आउनु पर्ने?

५-तिमिहरुका आफ्नै बाबू आमा मेरोजस्तै अबस्थामा त्यहा आएको भए के के गर्थ्यो होला?

६-तिमिहरुको लापरबाहिले गर्दा त्यो दिन स्वास बन्द भएको आत्माले तिमिहरुलाइ माफी देला जस्तो लाग्छ?

७-तिमिहरुले लेखेर दिएको सबै प्रक्रिया पूरा गर्न लागेको भए 99%ब्लक भएको मेरो मुटु अहिले सम्म चल्थ्यो होला?

८-तिमिहरु मुटु रोग अस्पतालमा रहनलायक छैनौ, लुतो रोग अस्पतालमा दरबन्दी मिलान गरि जादा बेस होला।भन्ने हामलाइ लाइराछ।

खबर एक्सप्रेस