आज:  | Fri, 29, Mar, 2024

काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमित दिनहु बढदै

२०७७, २९ चैत्र आईतवार २२:१७ मा प्रकाशित ( २ साल अघि) ९०८४ पाठक संख्या

काठमाडौं, चैत्त २९ गते । नेपालमा कोरोना भाइरसका ३०३ जना नयाँ सङ्क्रमित भेटिएका छन् । पिएका सङ्क्रमितसँगै नेपालमा सङ्क्रमितको संख्या दुई लाख ८० हजार २८ पुगेको छ । आज काठमाडौं उपत्यकामा ११ जना भक्तपुरमा, १५ जना ललितपुरमा र १२८ जना काठमाडौंमा सङ्क्रमित भेटिएका छन्। आज १४१ जना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ७४ हजार २७ जना निको भएर घर फर्केका छन् । भने एक ब्यक्तिको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट तीन हजार ४० जनाको मृत्यु भएको छ । आज तीन हजार १२५ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ । हालसम्म २३ लाख १२ हजार ९०१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

खबर एक्सप्रेस