आज:  | Tue, 16, Apr, 2024

कोरोनाका ३३७ जना सङ्क्रमित थपिए

२०७७, २८ चैत्र शनिबार १७:३४ मा प्रकाशित ( ३ साल अघि) ६७२८ पाठक संख्या

काठमाडौं, चैत २८ गते । नेपालमा कोरोनाका ३३७ जना सङ्क्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोनाका दुई लाख ७९ हजार ७२५ सङ्क्रमित पुगेको छ । आज तीन हजार ५३२ जनाको आरटीपीसीआर परीक्षण गरिएको थियो । आज १५१ जना संक्रमति निको भएका छन्। नेपालमा अहिलसम्म दुई लाख ७३ हजार ८८६ जना निको भएका छन् । एक जनाको मृत्यु भएको छ । योसँगै हालसम्म तीन हजार ३९ जनाले कोरोनाबाट ज्यान गुमाइसके छन् ।

खबर एक्सप्रेस