आज:  | Thu, 28, Mar, 2024

सामाजिक सञ्जालमा लेखे ५ वर्ष जेल र १५ लाख रुपैयाँ सम्म जरिवाना हुने बिधेयक संसदमा पेश हुँदै

२०७७, २६ चैत्र बिहीबार ०७:५२ मा प्रकाशित ( २ साल अघि) ११३७८ पाठक संख्या

सरकारले सूचना प्रविधिसम्बन्धी विधेयक प्रतिनिधिसभामा पेस गर्दै छ । सामाजिक सञ्जालमा लेखेबापत प्रयोगकर्ता ५ वर्ष जेल र १५ लाख रुपैयाँ सम्म जरिवाना गर्ने प्रावधान रहेको उक्त सूचना प्रविधिसम्बन्धी विधेयक कानुन बनेमा अनलाइनमा समाचार लेखेकै आधारमा त्यसका सञ्चालक र पत्रकार, त्यही समाचार सामाजिक सञ्जालमा सेयर गरेको र आफ्नो विचार लेखेकै आधारमा सर्वसाधारण जेलसम्म जानुपर्ने छ । विकास तथा प्रविधि समितिमा कांग्रेसबाहेकका सांसदको बहुमतबाट पारित गरेको विधेयकको प्रतिवेदनलाई सरकारले प्रतिनिधिसभामा पेस गर्न लागेको हो ।

खबर एक्सप्रेस