आज:  | Fri, 16, Apr, 2021

म्यानमारमा लोकतन्त्र वहालीको माग गर्दै शान्ती समाजले मैनबत्ती बाल्यो

२०७७, २६ चैत्र बिहीबार ०७:४३ मा प्रकाशित ( १ हफ्ता अघि) ३५३५ पाठक संख्या

गत केही महिना देखी म्यानमार (बर्मा) मा त्यहाको आर्मीले सत्ता आफ्नो हातमा लिएपछी आन्दोलन चर्केको छ् । त्यहाँ भैरहेको दमनमा नागरिकको जिवन रक्षा ,शान्ती र लोकतन्त्र वहालीको माग गर्दै शान्ती समाजले एक कार्यक्रम आयोजना गरी बर्मामा शान्ति बहालीका लागि र प्रजातन्त्रको बहालीका लागि आँखामा पट्टी लगाएर मैनबत्ती प्रज्ज्वलन कार्यक्रम गरेको छ । म्यानमार (बर्मा)मा सैन्य सरकारले प्रजातन्त्र बहालीका लागि शान्तिपूर्ण प्रदर्शनीमा उत्रेका झण्डै ६०० जनाको हत्या भैसकेको छ ।

 

खबर एक्सप्रेस