आज:  | Fri, 16, Apr, 2021

प्रेमगीत ३ यसरी छायांकन गरिएको थियो तस्बिरमा

२०७७, २४ चैत्र मंगलवार २३:०२ मा प्रकाशित ( १ हफ्ता अघि) ९६२ पाठक संख्या

छायांकन पूर्व नै चर्चामा रहेको नेपाली चलचित्र प्रेमगीत ३ गतबर्ष चैत्रमा रिलिज हुनुपर्नेमा कोरोना महामारीका कारण चलचित्रको प्रर्दशन मिति रोकिएको छ। यो चलचित्र धेरै कारणले पनि चर्चाको शिखरमा छ ।

चलचित्रको दरबारको दृश्य छायांकनका लागी काठमाडौंको चोभारमा करिब ५० लाखमा भव्य सेट बनाई चलचित्र छायांकन गरिएको थियो । चलचित्रको बाँकी भाग मनाङका बिभिन्न उच्च हिमाली क्षेत्रमा माइनस २२ डिग्री तापक्रममा छायांकन गरिएको थियो ।

यस चलचित्रका निर्माता सन्तोस सेन यस्ता मेहनती निर्माता हुन उनले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेका छैनन । निर्देशक स्वर्गिय छेतेन गुरुड.सँगै निर्देशकिय जिम्मेवारी समेत सम्हालेका छन् । चलचित्रलाई हरेक बिधामा स्तरिय र नयाँ किसिमले बनाउन हरेक दिनको छायांकनलाई छायांकन स्थल मै सम्पादन कार्य गरिएको थियो । जसका लागि सम्पादन टिम र सिस्टमलाई टिमले काठमाडौबाटै मनाड. लिइएको थियो ।

३ हजार ५ सय ९ मिटरभन्दा माथीको उचाईमा छायांकन गरिएको थियो । मेहनतको फल मिठो हुन्छ भने झै यही मेहनतका कारण प्रेमगीत ३ अहिले वलिउड नगरीमा धमाधम हिन्दी भाषामा उत्कृष्ट काम भैरहेको छ । बिगत ६ महिना भन्दाबढी समय लगाएर चलचित्रको काम गर्न निर्माता निर्देशक संतोष सेन मुम्बई बस्दै आएका छन् ।


चलचित्र प्रेमगित ३ मा प्रदीप खड्का, कृष्टिना गुरुङ, शिव श्रेष्ठ, सुनिल थापा, माओत्से गुरुड.,सन्तोष सेन, पुष्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, समृद्धी शाही ठकुरी, योगिसा खत्री, लक्ष्मी बर्देवा लगाएत कलाकारहरुको मुख्य भूमिका रहेको छ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको छ । राजेश श्रेष्ठ र पुरुषेतम प्रधानको छायांकन, हिमाल केसीको एक्सन, कविराज गहतराजको कोरियोग्राफी र बनिश शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । चक्र बहादुर चन्द र डम्बर विक्रम सेन कार्यकारी निर्माता रहेको फिल्ममा कुमार सान शाह र ओएसआर डिजिटल सहनिर्मातामा छन् । यो चलचित्रले नेपाली सिनेमा क्षेत्रमा एउटा नयाँ फड्को मार्ने विश्वास लिइएको छ ।

छायांकन स्थलमा टिम

छायांकन स्थलमा टिम

छायांकन स्थलमा टिम

खबर एक्सप्रेस