आज:  | Fri, 16, Apr, 2021

कबड्डी ४ मा मिरुना

२०७७, २४ चैत्र मंगलवार १३:३७ मा प्रकाशित ( १ हफ्ता अघि) १४२७ पाठक संख्या

काठमाडौं। फिल्म ‘कबड्डी’ को अन्तिम सिक्वेल ‘कबड्डी ४’ मा अभिनेत्री मिरुना मगर फाइनल भएकी छन् । परिवारसँग युके बस्दै आएकी मिरुना अहिले काठमाडौमा फिल्मको वर्कसपमा ब्यस्त छिन। ‘लालपुर्जा’ फिल्मबाट अभिनेत्रीको रुपमा नेपाली रजतपतमा देखिएकी मिरुना ‘रोज’, ‘साइनो’ र ‘चच हुईं’मा काम गरिसकेकी छन् । फिल्ममा दयाहाङ राई, सौगात मल्ल, विजय बराल, वुद्धि तामाङ, पुष्कर गुरुङ, जयनन्द लामा फाईनल भैसकेका छन् । फिल्मको छायाँकन वैशाखबाट सुरु हुँदैछ ।  फिल्मको प्रदर्शन मिति नयाँवर्षको असोज १५ तोकिएको छ ।

खबर एक्सप्रेस