आज:  | Fri, 19, Apr, 2024

नेपाली सेनाद्धारा अन्तर्राष्ट्रिय सीमा स्तम्भहरु अवलोकन

२०७७, २३ चैत्र सोमबार २१:०८ मा प्रकाशित ( ३ साल अघि) ११५०२ पाठक संख्या

नेपाली सेनाको तारादल गणको टोलीले अन्तर्राष्ट्रिय सीमा स्तम्भहरु अवलोकन गर्दै स्तम्भहरु सफा गरेको छ । दोलखा जिल्लाको उत्तरमा छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको विगु गाउँपालिका– १ लाप्चे आसपासमा नेपाली सेनाद्धारा झाडी बुट्यानले छोपिएको स्तम्भहरु सफा गर्नुका साथै अक्षर र नम्बर मेटिएका पिलरहरुमा रङ्गले लेख्ने काम गरेको थियो ।

दोलखा जिल्ला उत्तरमा छिमेकी राष्ट्र चीनसँग सीमा जोडिएको जिल्ला हो । नेपाल र चीनको सीमा छुट्याउन कतिपय ठाउँमा हिमाल र कतिपय ठाउँमा नदीको सहायताले सिमाना छुटयाईएको छ । दोलखाको विगु गाउँपालिका– १ लाप्चे आसपासको ९० किलोमिटर भुभागमा बि.स.२०१९ साल र २०६३ सालमा बनेका स्तम्भहरु नेपाली सेनाको तारादल गणको टोलीले अवलोकन गर्दै स्तम्भहरु सफा गरेको छ । यही स्थान मध्यका केही स्तम्भहरुका अक्षर र नम्बर मेटिएका पिलरहरुमा लेख्ने काम गरेका छन् ।

 

खबर एक्सप्रेस