आज:  | Fri, 16, Apr, 2021

कोरोनाका सङ्क्रमित दैनिक बढदै

२०७७, २३ चैत्र सोमबार २०:४४ मा प्रकाशित ( १ हफ्ता अघि) ६२१ पाठक संख्या

काठमाडौं, चैत २३ गते । नेपालमा कोरोनाका २६६ जना सङ्क्रमित थपिएका छन् । आज चार हजार ५३६ जनाको आरटीपीसीआर परीक्षण गर्दा सो संख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७८ हजार २१० पुगेको छ । आज १०२ जना सङ्क्रमित निको भएका छन् । योसँगै दुई लाख ७३ हजार ३४२ जना सङ्क्रमित निको भइसकेका छन् । आज दुइजनाको मृत्यु भएको छ । योसँगै नेपालमा तीनहजार ३६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

खबर एक्सप्रेस