आज:  | Fri, 16, Apr, 2021

गुराँसको फूल टिप्नेलाई पाँच हजार जरिवाना

२०७७, २३ चैत्र सोमबार १२:२२ मा प्रकाशित ( १ हफ्ता अघि) ७४५ पाठक संख्या

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोडेपानी टोल सुधार समितिले गुराँसको फूल जथाभाबी टिप्नेलाई पाँच हजार जरिवाना तिराउने निर्णय गरेको छ । घोडेपानी टोल सुधार समितिले आइतबार सार्वजनिक सूचना जारी गरेर गुराँसलगायत अन्य फूल अनुमति बिना टिप्न रोक लगाएको जनाएको छ। समितिका अध्यक्ष वीरेन गर्बुजा पुनले अनुरोधलाई अटेर गरेर गुराँस टिप्नेलाई रु पाँच हजार जरिवाना तिराउने निर्णय भएको जानकारी दिए।गुराँसको फूल टिप्ने क्रममा हाँगा भाँच्दा रुख मासिने खतरा बढेको छ। राष्ट्रिय फूल गुराँस संरक्षणका लागि यस्तो निर्णय गरिएको उनले बताए। गुराँसको फूल नपाक्दै टिप्दा त्यसको बिउ भुइमा झर्ने र नयाँ बिरुवा पलाउन नपाउने समस्या हुने उनले बताए। घोडेपानीको जङ्गलमा पछिल्लो दश वर्षयता गुराँसका रुख काट्न पनि रोक लगाइएको छ।

घोडेपानी क्षेत्रमा १६ प्रजातिका लालीगुराँस पाइन्छन्। भने नेपालमा ३२ प्रताजिका गुराँस पाईन्छन्।

खबर एक्सप्रेस