आज:  | Fri, 16, Apr, 2021

अहिलेसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा १० जनाको ज्यान गयो

२०७७, २२ चैत्र आईतवार २१:२८ मा प्रकाशित ( १ हफ्ता अघि) ७७६ पाठक संख्या

काठमाडौँ, चैत २२ गते । बाघको आक्रमणमा परेर अहिलेसम्म बर्दिया राष्ट्रिय निकुञ्जमा १० जनाको ज्यान गैसकेको छ । आइतवार साँझ बाघको आक्रमणमा परेर बर्दिया राष्ट्रिय निकुञ्ज अन्तर्गत हात्तीसारमा कार्यरत माउतेको मृत्यु भएको छ । गैँडा गणना टोलीमा सहभागी हात्तीका माउते पुलिसराम चौधरीलाई साँझ ५ ३० बजेतिर बाघले आक्रमण गरेको थियो । निकुञ्जभित्रको गैँडा मचान क्षेत्रमा गणना गरेर टोली बिश्राम गर्ने अवस्थामा रहेका बेला एक्कासि देखिएको बाघले गैँडा गणनामा प्रयोग गरिएको हात्ती र माउते चौधरीमाथि आक्रमण गरेको थियो । आक्रमणमा परेका चौधरीलाई केही मिटर परसम्म बाघले लछारेर लगेको थियो । उनलाई तत्कालै उद्धार गरिए पनि तत्कालै मृत्यु भएको थियो ।

खबर एक्सप्रेस