आज:  | Tue, 26, Mar, 2024

प्रेमगित३ नेपाल र भारतमा एकसाथ रिलिज गर्ने तयारीमा निर्माण टिम

२०७७, २२ चैत्र आईतवार १८:०७ मा प्रकाशित ( २ साल अघि) ६३०२४ पाठक संख्या

काठमाडौँ – मल्टीस्टारर फिल्म ‘प्रेमगीत ३’ को गत वर्षको चैत २८ गते प्रदर्शन गर्ने घोषणा गरेको थियो । तर कोरोना महामारीको कारण फिल्म अनिश्चितकालका लागि प्रदर्शन हुन सकेको छैन । यही बिच निर्माण टिम निर्माता/ निर्देशक सन्तोष सेन बिगत ६ महिनादेखी मुम्बईमा फिल्मको काम धमाधम भैरहेको छ । अब यो फिल्म भने नेपाल मात्र नभएर भारतीय दर्शकहरुले समेत् हेर्न पाउने भएका छन् । भारतका सिनेमा हलमा प्रदर्शन गर्ने गरी फिल्म प्रेमगित३ अहिले मुम्बईस्थित ‘रियल टच स्टूडियो’मा पोष्ट प्रोडक्सनको काम भइरहेको छ ।गत शुक्रवारबाट फिल्मको हिन्दी डबिङ र सम्पादनको काम समेत् सकिएको छ । अब ब्याकग्राउन्ड स्कोर, भिएफएक्स, गीत रेकर्ड लगायतको काम बाँकी रहेको मुम्बईमा रहेका निर्देशक सन्तोष सेनले बताए। बलिउड फिल्म ‘राधे र बेल बटम’ पछि स्टूडियोमा हाम्रो फिल्मको काम भइरहेको छ । अहिलेसम्मको आउटपुट हेर्दा सन्तुष्ट रहेको समेत् उनले बताए छु | अहिले फिल्मलाई नेपाल र भारतका हलमा एकसाथ रिलिज गर्ने गरि भारतका विभिन्न वितरक कम्पनीहरुसँग लगातार छलफल भइरहेको छ।
स्वर्गीय छेतन गुरुङ र निर्माता सेनले मिलेर निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, प्रदीप खड्का, सुनिल थापा, माओत्से गुरुङ, सन्तोष सेन, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, योगिशा खत्री, जीवन भट्टराई लगायतको अभिनय रहेको छ । यो फिल्मबाट क्रिस्टिना गुरुङले भने नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।

फिल्मको कथा र पटकथा छेतन गुरुङ र मन्दिप गौतमले लेखेका हुन् । फिल्मको छायाँकन राजेश श्रेष्ठ र पुरुषोतम प्रधान सम्पादन बनिश शाह र भूपेन्द्र अधिकारीले गरेका छन । फिल्ममा कल्याण सिंह र एलिश कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविशा अधिकारीले स्वर दिय दिएका छन् । चक्रबहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्मातामा छन् । कुमार शान शाह र ओएसआर डिजिटल सहनिर्माता हुन ।

खबर एक्सप्रेस