आज:  | Fri, 16, Apr, 2021

काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी

२०७७, २१ चैत्र शनिबार २२:०९ मा प्रकाशित ( १ हफ्ता अघि) ९०० पाठक संख्या

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर स्थित काँक्रेविहार संरक्षित क्षेत्रमा भीषण आगलागी भएको छ । शनिबार दिउँसोदेखी आगलागी शुरु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । आगलागी हुँदा काँक्रेविहार संरक्षित क्षेत्रमा रहेका जनावरहरुको बिचल्ली भएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीयवासी आगो नियन्त्रणमा लिने प्रयास भईरहेको छ । वीरेन्द्रनगर नगरपालिका–१० स्थित बामे खोलामा लागेको आगो सल्किएर काँक्रेविहार संरक्षित क्षेत्रमा प्रवेश गरेको प्रहरीले जनाएको छ । आगो बस्तीमा आउन नदिन र नियन्त्रणमा लिन दमकलसहित सुरक्षाकर्मीको टोली आगलागी क्षेत्र रहेको छ।

खबर एक्सप्रेस