आज:  | Fri, 16, Apr, 2021

सुर्खेत र बिर्तामोड सफाइ अभियान

२०७७, २१ चैत्र शनिबार २१:४७ मा प्रकाशित ( १ हफ्ता अघि) २१४० पाठक संख्या

कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आज पाचौं हप्ताको सफाइ अभियान सम्पन्न भएको छ । सुर्खेतको पर्यटकिय् क्षेत्रमा यूवाहरु सफाइ अभियान जुटेका थिए । यो हप्तापनी सफाइलाई निरन्तरता दिदै अभियान सम्पन्न भएको अभियन्ता हिक्मत चन्दले जानकारी गराएका छन् ।

उनले यो अभियानलाई निरन्तरता दिएर सुर्खेतलाई सफासुन्दर बनाउन सबै जना लाग्न अपील समेत गरेका थिए । यूवा अभियन्ताहरुको सक्रिय सहभागीता रहेको थियो ।

सफाइ पश्चात संकलित फोहोर

आजै बिर्तामोड सफाइ अभियानको अदुवाखोला ८औं हप्ताको सफाइ अभियान बिर्तामोड नगरपालिकाका नगर प्रमुख धुर्ब कुमार शिवाकोटी, बिर्तामोड वडा नं ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिड.देन वडा नं. एक का वडाध्यक्ष एवं नगर प्रवता अग्नी प्रसाद पाण्डेको सहभागीता रहेको थियो ।

साथै स्थानिय टोल सुधार समितिहरु र नेपाल रेयूकाई बिर्तामोड क्षेत्रको समेत सहभागीता रहेको जानकारी अभियन्ता बिष्णु आचार्यले बताए ।

सफाइ गर्दै अभियन्ता तथा नागरीकहरु

 

खबर एक्सप्रेस