आज:  | Fri, 16, Apr, 2021

बाग्मती सफाई महाअभियान ४१२औं हप्ता र उपत्यका सहायक नदी सफाई अभियान सम्पन्न

२०७७, २१ चैत्र शनिबार १४:०६ मा प्रकाशित ( १ हफ्ता अघि) ३१६३ पाठक संख्या

बाग्मती सफाई महाअभियानको ४१२औं हप्ताको सफाई अभियान आज वाग्मती र धोविखोला रुद्रमति दोभान रुद्रेश्वोर मन्दिर नजिकै सम्पन्न भएको छ । आजको अभियानमा युरोपियन युनियनका राजदुत नोना डिप्रेज, महाअभियानका मुख्य अभियन्ता नेपाल सरकारका पुर्व मुख्यसचिव लीलामणि पौडेल,अधिकार सप्पन्न वाग्मती समितिका आयोजना प्रमुख बोहरा, काठमाडौं महानगरपालिका वडा नं। ११ का वडा सदस्य सरोज कुमार मुल्मि, दिपेश रावत, यशोमति परियार, आशा श्रेष्ठ, स्थानिय समुदाय राजेश मार्ग टोल समितीका अध्यक्ष ज्ञानु कुमार बज्राचार्य सहित पदाधिकारीहरु, नेपाली सेना चन्डिदल गण सिंहदरबार , नेपाल प्रहरी , वाग्मती फोहर उन्मुलन उपभोक्ता समिती ,काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकु, काठमाडौं उपत्यका खानेपानी लिमिटेड , नेपाल ट्राफिक प्रहरी , त्रिपुरेश्वोर टोल सुधार समिती, स्थानीय वासिन्दा एवम् वागमती आयोजनाका कर्मचारीहरु , वाग्मती अभियन्ताहरुको ठुलो संख्यामा सहभागीता रहेको थियो ।

आज नदीबाट ७ मेटिक टन फोहर व्यवस्थापन गरिएको छ । नदी किनारामा जथाभावी फोहर फाल्नेलाई रुद्रमतिको पुलको दायाँ बायाँ राखिएको सिसि क्यामराबाट अनुगमन गरी नेपाल प्रहरी र वडाबाट अनुसन्धान गरी कार्बाही गर्ने प्रकृया थाल्ने वडा पदाधिकारीले बताएका छन् ।

आजै काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभाग टेकुद्वारा दुइ वटा जनचेतनामूलक होर्डिङ बोर्ड टोलबासीलाई हस्तान्तरण गर्दै नदी किनारामा राखिएको छ । जय वाग्मती । माथिल्लो भेगको वाग्मती सफाई अभियान ३८२ औं हप्ताको अभियानमा अभियन्ता उत्तम पुडासैनी, इश्वर पुडासैनी लगाएको सहभागीतामा सम्पन्न भएको छ।

वाग्मती सफाइ अभियानको तिलगंगा खण्ड सफाइ अभियानको २९३औं हप्ताको अभियानमा अभियन्ता आशा पाण्डेको नेतृत्वमा सम्पन्न भएको छ।

बिष्णुमति सफाइ अभियानको ३४४ औं हप्ताको सफाइ अभियान सम्पन्न भएको छ। बिष्णुमति माथिल्लो भेगको ३१औं हप्ता अभियान अभियन्ता रामकुमार श्रेष्ठ लगाएको उपस्थितीमा अभियान सम्पन्न भएको छ ।

मनोहरा नदी सफाई अभियान को २११औं हप्ताको अभियान अधिकार संपन्न वाग्मती एकीकृत बिकास आयोजना प्रमुख रविन्द्र बोहरा, नेपाली सेना, सशस्त्र प्रहरी टोल सुधार समितिका पदाधिकारीहरु, काठमाडौं तालिम केन्द्र लगायत अभियन्ताहरुको सहभागीतामा सम्पन्न भएको छ ।

गोदावरी खोला क्षेत्र सफाइ अभियानको १०९ औं हप्ताको सफाइ अभियान स्थानियहरुको सहभागीतामा सित्तलछाया टोल सुधार समिती तथा स्थानीय उपभोक्ता समिति लगायत अभियन्ताहरुको सहभागीतामा १० टन फोहोर ब्यबस्थापन गरी सृजनशिप प्रा लि को सहयोगमा ब्यवस्थापन भएको थियो।

रुद्रमति सफाइ अभियान ३७२औं हप्ताको अभियान सम्पन्न भएको छ ।

चक्रपथ सफाइ अभियानको २०० औ हप्ताको अभियान सामाजिक अभियन्ता डाक्टर सुरेन्द्र के।सी। को सहभागीतामा सम्पन्न भएको छ । चक्रपथ सफाइ अभियान सम्पन्न भएको छ ।

आजै काठमाडौंको मिनभवनपुल आलोकनगर देखी शंखमुलसम्मको बाग्मति किनारा सफा राख्नको लागी त्यस क्षेत्रका रेष्टुरेन्ट संचालकहरुको अग्रसरता मा सफाइ अभियान संचालन भएको छ । अब यो अभियान हरेक हप्ता संचालन हुनेछ ।

यो अभियान वाग्मती सफाइ अभियान कै प्रेरणाबाट शुरु भएको अभियान हो । आजै उपत्यका बाहिरका ५५ स्थान भन्दा बढीमा सफाई अभियान संचालन भएको जानकारी प्राप्त भएको छ ।

खबर एक्सप्रेस