आज:  | Tue, 16, Apr, 2024

विज्ञापन बोर्डको अध्यक्षमा हुमागाईँ र चुरे संरक्षण समितिमा डा.किरण पौडेल नियुक्त

२०७७, २० चैत्र शुक्रबार १२:३० मा प्रकाशित ( ३ साल अघि) १६३३८ पाठक संख्या

काठमाडौं, २० चैत्र । आज बसेको मन्त्रिपरिषद् बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईँ नियुक्त गरेको छ। हुमागाईँ सञ्चार क्षेत्रमा लामो समययता सक्रिय छन् । त्यस्तै राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको अध्यक्षमा डा. किरण पौडेल नियुक्त भएका छन् । उनी वनविज्ञ हुन् । समितिका सदस्यहरुमा बालकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुण नियुक्त भएका छन् ।

खबर एक्सप्रेस