आज:  | Wed, 27, Mar, 2024

‘फुलबुट्टे सारी’ को कभर गीत युगान्डाकी गायिका बियोन्सेले भेटिन मदनकृष्ण

२०७७, १८ चैत्र बुधबार १९:१२ मा प्रकाशित ( २ साल अघि) १६२१४ पाठक संख्या

काठमाडौं । पछिल्लो समयको चर्चित नेपाली गीत ‘फुलबुट्टे सारी’ को कभर गीत गाएर एकाएक चर्चामा आएकी युगान्डाकी गायिका बियोन्से वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ भेटन काठमाडौं आएकि छन् । युगान्डाको झण्डाअंकित पहिरनसहित उनी मदनकृष्ण श्रेष्ठलाई भेट्न पुगेकी थिइन् ।
यो गीतको गीतको ‘लिजेन्डरी भर्जन’मा मदनकृष्ण श्रेष्ठले गाएका थिए । त्यही गीतबाट प्रभाबित भई बियोन्से यो गीत गाएकी थिइन् ततपश्चात उनीको चौतर्फी चर्चा चलेको थियो । यसैगरी मदनकृष्ण श्रेष्ठले बियोन्सेसँग भेट्ने इच्छा समेत व्यक्त गरेका थिए । यी दुवैको बुधबार भने भेटने अवसर जुर्‍यो । भेटमा दुवैले एकअर्कालाई अभिवादन गरे मदनकृष्णकै अगाडि बियोन्सेले श्रेष्ठकै नक्कल गर्दै गीत पनि गाइन् ।गीत सुनेपछि उनले प्रशन्नता व्यक्त गरे । अन्त्यमा आफूले नेपालका दिग्गज कलाकारलाई भेट्न पाएकोमा निकै उत्साहित भएको बताइन् ।

खबर एक्सप्रेस