आज:  | Fri, 16, Apr, 2021

साउदी अरबले १० अर्ब रुख रोप्ने घोषणा

२०७७, १८ चैत्र बुधबार १६:४५ मा प्रकाशित ( २ हफ्ता अघि) ८०७ पाठक संख्या

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक साउदी अरबले ‘ग्रिन इनिसिएटिभ’ को वातावरणमैत्री कार्यक्रम अन्र्तगत जलवायु परिवर्तनको समस्यालाई समाधान गर्न देशभर १० अर्ब रुख रोप्ने घोषणा गरेको छ ।

‘साउदी ग्रिन इनिसिएटिभ’ मार्फत २०३० सम्ममा साउदीले देशको कार्बन उत्सर्जन कम गराइ, आधा भन्दा बढी ऊर्जा नवीकरणीय श्रोतबाट उत्पन्न गराउने लक्ष्य राखेको छ । यो कदमलाई साउदीका राजकुमार मोहोम्मद बिन सलमानले नै अघि बढाएका हुन् ।

उनले भनेका छन्, “विश्वव्यापी तेल उत्पादनमा अग्रता कायम गर्दै आएकाले पनि जलवायु संकट विरुद्धको लडाईँमा हाम्रो जिम्मेवारीबारे हामी पूर्ण रुपमा सचेत छौँ । त्यसैले तेल र ग्यासको युगमा ऊर्जा बजारलाई दिर्गकालीन र स्थिर राख्दै संसारलाई आगामी ‘हरियो युग’ तर्फ अघि बढाउन हाम्रो भूमिका अहम रहनेछ भन्ने हामीले बुझेका छौँ ।”

खबर एक्सप्रेस