आज:  | Fri, 16, Apr, 2021

बरिष्ठ नायक विश्व बस्नेतको जन्मदिन : उनैले नेपालमा कलाकार संघको अवधारणा ल्याएका थिए

२०७७, १७ चैत्र मंगलवार २२:१० मा प्रकाशित ( २ हफ्ता अघि) ४५८९ पाठक संख्या

नेपाली चलचित्र क्षेत्रको इतिहास ७० बर्ष पुगेको छ । यो बिचमा चलचित्र क्षेत्रले धेरै गुमाएको छ भने धेरै प्राप्त पनि गरेको छ । कलाकारहरुको संख्या पनि दिनानुदिन बढने क्रममा छ । तर चलचित्र क्षेत्रलाई शुन्यबाट तत्कालिन गाह्रो समयबाट डोरयाउदै आजको मितिसम्म लिएर आउने सिनियर चलचत्रिकर्मीलाई भने यहाँ कतिले चिन्दैनन त कतिले नचिने झै गर्ने संस्कार बसी सकेको छ । अझ अग्रजलाई सम्मान गर्ने प्रचलन नेपाली चलचित्र क्षेत्रमा प्राय शुन्य नै छ । नेपाली चलचित्र क्षेत्रको इतिहास हेर्दा नेपालमा बनेको पाँचौं चलचित्र हो सिन्दुर र यो चलचित्रका अभिनेता हुन विश्व बस्नेत । आज उनै अभिनेताको जन्मदिन थियो ।

यहि बिच कलाकार संघले विशिष्ट सम्मान गरेको छ 

नेपाल चलचित्र कलाकार संघको आयोजनामा सम्पन्न जन्मोत्सव समारोहको विशेष व्यवस्थापन टौखेल, गोदावरी स्थित आशा नेपाल (होप नेपाल) की सञ्चालिका बिमला थापाले गरेकी थिइन् । नेपालको आतिथ्यतामा आज उनै वरिष्ठ अभिनेताको जन्मदिनको कार्यक्रम आयोजना गरियो । उत कार्यक्रममा अभिनेता बस्नेतलाई जन्मदिनको शुभकामना दिन नेपाली चलचित्र इतिहासका पाचौं अभिनेता एवं एक्शन किड. शिव श्रेष्ठ, पुराना नायक पुरन जोशी, कृष्ण मल्ल लगाएत कलाकार संघका अध्यक्ष नायक रवीन्द्र खड्का तथा अन्य पदाधिकारीको उपस्थितीमा गोदावरीमा अभिनेता बस्नेतको जन्मदिन मनाईएको छ ।

जन्मदिनको बिशेष कार्यक्रममा अभिनेता शिव श्रेष्ठले कलाकार संघको यो कार्य प्रति खुलेर प्रशंशा गरेका थिए । अभिनेता विश्व बस्नेत नेपाली चलचित्र क्षेत्रलाई पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म जोडने नायक भएको बताए । वहाँले देखाएको बाटोमा आफू लागी रहने प्रण समेत ब्यत गरे ।

आफ्नो जन्मदिनको कार्यक्रममा बोल्दै अभिनेता बस्नेतले सबैलाई धन्यबाद समेत दिएका थिए । उनले भने आफू बलिवुड अर्थात मुम्बईमा बस्दा त्यहाँ कलाकार संघ देखेको त्यहीबाट प्रभाबित भएर नेपालमा पनि कलाकार संघ बनाउनु पर्छ भन्ने महशुस भई आफूले नै यो कलाकार संघको अवधारणा अघि सारेको कुरा ब्यत गरेका थिए ।

शुभकामना दिर्दै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्काले युवा अवस्था देखि आजका मिति सम्म नेपाली चलचित्र क्षेत्रमा पुर्याउनु भएको योगदान, कलाकार संघको स्थापना कालदेखि कलाकार संघलाई दिएको साथ र सहयोगका लागी आभार ब्यत गरेका थिए । कार्यक्रममा अभिनेता कुष्ण मल्ल पुरन जोशी लगाएतले शुभकामना दिएका थिए ।

 

 

खबर एक्सप्रेस