आज:  | Fri, 16, Apr, 2021

अनमोललाई जन्मदिनको शुभकामना

२०७७, १७ चैत्र मंगलवार २१:११ मा प्रकाशित ( २ हफ्ता अघि) १४८९ पाठक संख्या

अभिनेता अनमोल केसी २७ वर्ष मा प्रवेश गरेका छन् । २०५० साल चैत १७ जन्मिएका अभिनेता अनमोल नेपालमा अत्याधिक रुचाईएका अभिनेता मध्य पर्दछन् । हेमराज विसीको निर्देशनमा तयार भएको चलचित्र होस्टेलबाट नेपाली चलचत्रि क्षेत्र डेब्यु गरेका अनमोल नेपालका महगा अभिनेतामा पर्दछन् । ‘जेरी’, ‘गाजलु’, ‘ड्रिम्स’, ‘कृ’, ‘ए मेरो हजुर ३’ र ‘क्याप्टेन’ फिल्ममा अभिनय गरेका छन् भने उनी अहिले ‘ए मेरो हजुर ४’ मा ब्यस्त छन् । उनका लागी निर्माताहरु ५० लाखसम्म पनि हाल्न तयार रहेको हल्ला बजारमा चल्ने गरेको छ । उनी अली रिजर्बमा बस्न रुचाउने भएका कारण उनको खोजी धेरै हुने गर्दछ । यूवा पुस्तामा उनी रुचाईएका नायक मध्य पर्दछन् । अभिनेता अनमोल केसीलाई जन्मदिनको धेरै धेरै शुभकामना ।

आज जन्मदिनको अवसरमा अनमोलमा पिता सुपरस्टार नायक भुवन केसी नायिका निरुता सिंह जीया केसी लगाएतले जन्मदिनको केक काटेर अनमोलको जन्मदिन मनाएका तस्बिर नायिका निरुता सिंहले आफनो सामाजिक संजालमा शेयर गरेकी छन् ।

 

 

 

 

खबर एक्सप्रेस