आज:  | Fri, 29, Mar, 2024

पुष्पको चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति पोष्टपोन्ड

२०७७, १६ चैत्र सोमबार २२:१३ मा प्रकाशित ( ३ साल अघि) २३५९२ पाठक संख्या

पछिल्लो समयका ब्यस्त नायक पुष्प खड्काको चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति निर्माण टिमले पोष्टपोन्ड गरेको छ । चलचित्र आगामी चैत्र २७ गते प्रदर्शन मिति तोकेको थियो । चलचित्रको फस्टलुक सार्वजनिक गर्दै चैत्र २७ गते प्रदर्शन मिति पोष्टपोन्ड गरेको हो । सार्वजनिक गरेको फस्टलुकमा नायक पुष्प खड्का र नायिका वर्षा सिवाकोटीलाई रोमान्टिक अवतारमा देखाइएको छ । चलचित्रका अन्य कलाकामा वुद्धि तामाङ, चाँदनी प्रधान, महेन्द्र बागदास, सन्ते दाको समेत मुख्य भूमिका रहेको छ । चलचित्रको एक गीतमा भने नायक पल शाह र नायिका पूजा शर्माको समेत नृत्य रहेको छ।
चलचित्रमा कैलाश राइको निर्देशन, निर्माता अरुण तामाङ रहेका छन् । सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन, अर्जुन पोखरेल, दीपक शर्मा र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको नृत्य निर्देशन, सन्तोष खवासको एक्सन छ ।

 

खबर एक्सप्रेस