आज:  | Mon, 25, Mar, 2024

शिक्षण संस्था बन्द गर्ने संघिय सरकारको निर्णयलाई कतिपय ठाऊँमा अवज्ञा

२०७७, १६ चैत्र सोमबार २०:४३ मा प्रकाशित ( २ साल अघि) २१८२५ पाठक संख्या

संघिय सरकारले भोलिदेखि चार दिन सबै शिक्षण संस्था बन्द गर्ने सरकारको निर्णय सार्वजनिक गरेको छ । तर यो निर्णयलाई कतिपय स्थानिय तहले अवज्ञा गरीदिनएको छ । आफ्नो बिज्ञप्ती निकालेर संघिय सरकारको उतm निर्देशनलाई अवज्ञा गरिदिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको थियो । वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको थियो।
अहिले देशका विभिन्न स्थानमा डढेलोका घटना बढेकाले वायु प्रदूषण बढेको छ । प्रदूषण बढेको कारण शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले सम्पूर्ण शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको शिक्षा मन्त्रालयले जनाएको छ ।

 

खबर एक्सप्रेस