यसपटक होली पनि गतबर्षको होली झै भएको छ । सरकारले कोरोना भाईरसको जोखिम कायमै भएकोले यसपटकको होली पनि आ–आफ्नै घरमा मनाउन अपील गरेपछि अधिकांस कलाकारहरुले होली घर मै सिमित भएर मनाएको फोटो सामाजिक संजालमा शेयर गरेका छन् । नायिका करिष्मा मानन्धरले भने हरेक बर्षको होलीलाई बिशेष कार्यक्रम गरी मनाउदै आएकोमा कोरोनाका कारण गतबर्षदेखी यस किसिमको कार्यक्रम आयोजना गर्न बन्द गरेकी थिइ्रन । तर यसपटक भने करिश्माले घरमा नजिकका आफन्त तथा साथीभाईहरुलाई बोलाएर होली पर्व मनाइन् । श्रीमान् विनोद मानन्धरको आज जन्मदिन पनि भएकोले पनि सानो रुपमा कार्यक्रमको आयोजना गरिन्। कार्यक्रममा भुवन केसी, रमेश उप्रेती, संचिता लुईटेल, निरुता सिंह, जिया केसी, आकाश अधिकारी लगाएतका कलाकारको उपस्थित रहेको थियो ।
नायक शिव श्रेष्ठले आफनी बहिनी र परिवारसँगै होली मनाएका छन् ।
अभिनेत्री रेखा थापाले भने आफ्नी आमासँग होली मनाएको तस्विर सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् ।
उता झरना थापा लगाएत ‘ए मेरो हजुर ४’का टिमले आफ्नो परिवारका साथ होली होली मनाएका छन् ।
नायक पुष्प खडकाले भने केही कलाकारसँगै होली मनाएका छन् ।
नायक पल शाहले पनि आफनो घरमा परिवारसँग होली मनाएका छन् ।
अभिनेत्री सञ्चिता लुईटेलले पनि परिवारसँग नै होली मनाएकी छन् । श्रीमान निखिल उप्रेती र छोरा–छोरीसँग होली मनाएको तस्विरहरु सामाजिक सञ्जाल फेसबुकमा शेयर गरेकी छन् ।
अधिकांस कलाकारहरुले आफ्नो घरमा साधारण किसिमले होली मनाएका छन् । अभिनेत्री पुजा शर्मा, नीता ढुंगाना, नम्रता सापकोटा,आँचल शर्मा, सुष्मा कार्की, वर्षा सिवाकोटी,केकी अधिकारी, नाजिर हुसेन लगायतका कलाकारले पनि घरमै बसेर होली मनाएका तस्विरहरु सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।