आज:  | Tue, 16, Apr, 2024

चर्चित अभिनेता परेश रावललाई पनि कोरोना

२०७७, १४ चैत्र शनिबार १९:४४ मा प्रकाशित ( ३ साल अघि) ९५१८ पाठक संख्या

भारतमा कोरोना संक्रमण बढेसँगै बलिउड सेलिब्रेटीहरुलाई पनि कोरोना हुने क्रम बढदो छ । पछिल्लो समय भारतिय चर्चित अभिनेता परेश रावललाई पनि कोरोना भएको छ ।अभिनेता रावलले आफ्नो सामाजिक संजालमा आफु कोरोना संक्रमित भएको जानकारी दिदै आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन र टेस्ट गराउन आग्रह गरेका छन् । उनले मार्च ९ मा मात्र कोरोनाको पहिलो डोज खोप लगाएका थिए । यसअघि चर्चित मोडल एवं अभिनेता मिलिन्द सोमन, अभिनेता आमिर खान, आर माधवन, निर्देशक सतिश कौशिक, कार्तिक आर्यन, सिद्धान्त चतुर्वेदीलगायत कोरोना भैसकेको छ । भने निर्देशक संजय लीला भंसाली र रणवीर कपुरसमेतलाई कोरोनाले छोएको छ । तर अभिनेता रणवीर कपूरले भने कोरोनालाई जितेका छन् ।

खबर एक्सप्रेस