आज:  | Fri, 16, Apr, 2021

बाग्मती सफाई ४११औं हप्ताको अभियान

२०७७, १४ चैत्र शनिबार १२:५३ मा प्रकाशित ( २ हफ्ता अघि) ३१६३ पाठक संख्या

बाग्मती सफाई महाअभियानको ४११औं हप्ताको सफाई अभियान सम्पन्न भएको छ । वाग्मती र धोविखोला रुद्रमति दोभान काठमाडौंमा काठमाडौं महानगरपालिका वडा नं ११ को संयोजनमा सम्पन्न भएको थियो ।

अभियानमा वडा सदस्य आशा श्रेष्ठ, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धव तिमिल्सिना सहित कर्मचारीहरु, नेपाल सरकारका पुर्व मुख्यसचिव लीलामणि पौडेल, वडा नं ११ का टोल वासीहरु, राजेश मार्ग टोल सुधार समितीका अध्यक्ष ज्ञानु कुमार बज्राचार्य सहित टोलि, रोज वर्ड स्कुल,नेपाली सेना चन्डि दल गण सिंहदरबार, सशस्त्र प्रहरी वल, वाग्मती फोहर उन्मुलन उपभोक्ता समिति गायत्रि परिवार एव वाग्मती अभियन्ताहरुको उपस्थितीमा ६ मेट्रिक टन फोहर नदीबाट निकाली ब्यबस्थापन गरिएको थियो ।

त्यस्तै उपत्यकाका अन्य सहायकनदी तथा अन्य क्षेत्रमा पनि सफाइ अभियान सम्पन्न भएका छन् ।


माथिल्लो भेगको वाग्मती सरसफाइ ३८१औं हप्ताको अभियान, तिलगंगा खण्ड सफाइ अभियानको २९२ औं हप्ता, बिष्णुमति सरसफाइ अभियानको ३४३औं हप्ता, मनोहरा सफाइ अभियानको २१०औं हप्ता, गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको १०८ हप्ता, चक्रपथ सफाइ अभियानको १९९औ हप्ता, चक्रपथको महाराजगंज क्षेत्र र ललितपुर क्षेत्रमा सफाई अभियान सम्पन्न भएको छ । आजै उपत्यका बाहिरका ६० स्थानभन्दा बढीमा सफाई अभियान संचालन भएको जानकारी प्राप्त भएको छ ।

 

 

 

खबर एक्सप्रेस