आज:  | Fri, 16, Apr, 2021

वाग्मती सफाइ महाअभियान र यसका उपलब्धी

२०७७, १३ चैत्र शुक्रबार १९:५७ मा प्रकाशित ( २ हफ्ता अघि) २७६० पाठक संख्या

महाअभियान कहिले शुरु भयोयसका मर्महरु

वाग्मती सफाइ महाअभियान २०७० जेठ ५ गते शुरु भएको नागरिक अभियान हो । यो महाअभियान जाडो, गर्मी, चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारी तथा बिभिन्न अभाव र प्रभावका बाबजुद पनि निरन्तर रुपमा अगाडि बढीरहेको अभियान हो ।

हालसम्म करिव १० लाख स्वयंसेवीहरु यस महाअभियानमा सहभागित भैसकेका छन् । भने उपत्यकाका सबै नदीहरुबाट करीब १८ हजार मेट्रिक टनभन्दा बढी फोहर संकलन गरी व्यवस्थापन गरिसकेको छ । यो महाअभियानले संयुक्त राष्ट्रसंघ अन्तर्गत ग्ल्–ज्बदष्तबत को एसियन टाउन स्केप अवार्ड र अखिल विश्व गायत्री परिवारले भारतको नागपुरमा आयोजना गरेको युग सृजेता सम्मेलनमा भगीरथ पुरस्कार २०१८ पाएको छ ।

डेढ दशकदेखि गति लिन नसकेको नदी किनारमा ढल बिछ्याउने काम यस महाअभियान कै कारण वाग्मती र सहायक नदी का किनारका दायाँबाँया ढल बिछ्याउने काम तिब्रगती अगाडी बढेको छ । भने नदीका दायाँवाया किनारामा एक दर्जन भन्दाबढी पार्क निर्माण भएका छन् भने तीसभन्दा बढी पार्कहरु निर्माणाधीन अवस्थामा छन् । यो महाअभियान मूलतः स्वच्छ सफा र स्वस्थ जीवनायपनका लागि चेतना जगाउने र स्वयंसेवी भावनाबाट सामाजिक परिवर्तनका लागि नागरिकलाई उत्प्रेरित गर्ने अभियान हो । यस महाअभियानको कुनै पनि समिती छैन, आर्थिक कारोबार गरिदैन र बैक खाता समेत छैन । यो अभियानले कुनै पनि चन्दा रकम लिने र परिचालनमा सहभागी हुने काम गर्दैन । सरसफाइ सामाग्री दाताले दिन चाहेमा नदी किनारामै सार्वजनिक स्थल कार्यक्रममा ग्रहण गरी ती सामग्री वाग्मती सभ्यता एकीकृत विकास समितिलाई जिम्मा लगाइन्छ । यस अभियानलाई चाहिने मास्क, पन्जा, डोकोजस्ता सामग्री दाताले दिएर नपुगेको हदसम्म वाग्मती सभ्यता एकीकृत विकास समितिले उपलब्ध गराउँदछ । यो अभियानमा आउने सबै अभियन्ता हुन यहाँ राजनीति दलको झन्डा, एजेन्डा लिएर आउन पाईदैन कसैले त्यो गर्छ भने त्यो अभियन्ता हैन त्यो कार्यबाट सचेत छ यो अभियान। यो अभियानमा कही कतै कसैलाई ब्यक्तीगत आक्षेप लगाउन पाइदैन यहाँ आउने हरेक अभियन्ता हुन त्यो अभियन्ताको सिस्टतामा रहेर कार्य गर्न पाईन्छ । हरेक साता शनिबार बिहान दुई घन्टा नदी सफाई तथा जनचेतनामूलक घरदैलोमा स्वयंसेवक परिचालन गरेर सरसफाइबारे जनचेतना जगाउने कार्य यो अभियानले गर्दछ। अभियान आफैँमा एउटा विशिष्ट खालको स्वयंसेवी महाअभियान हो ।

वाग्मती सफाई महाअभियान का योगदान उपलब्धिहरु :

  • काठमाडौँका सबै नदीमा जाने ढलको व्यवस्थापनका लागि यही अभियानको बलमा सरकारले कार्यक्रम राखेको छ ।
  • वर्षौदेखि अवरुद्ध ढल ब्यबस्थापन अगाडि बढाउने र अन्य नदीमा ढलको व्यवस्था गर्नमा यो अभियानको महत्वपूर्ण योगदान रहेकोछ ।
  • ढलको प्रशोधनबाट मल र ऊर्जा निकाल्ने, शिवपुरी क्षेत्रमा वर्षाको पानी संकलन गरी हिउँदमा वाग्मतीमा पानीको बहाव बढाउने कार्यक्रम पनि सञ्चालनमा छ ।
  • नदीको बालुवा चोरी नियन्त्रण भएको छ । नदीमा फोहोर फ्याक्ने आमप्रचलन अब प्राय रोकिएको छ ।
  • सार्वजनिक स्थलमा जथाभावी फोहोर गर्ने प्रवृत्तिमा व्यापक सुधार आएको छ ।
  • यो अभियानले फोहोर गर्नेलाई दण्ड गर्न सरकारी निकायलाई सघाउने र दबाब दिने दुवै काम गरेकोछ ।
  • ठोस फोहोरबाट ऊर्जा उत्पादन परीक्षण कार्यको सुरुआत काठमान्डौ महानगरपालिकाले गरिसकेकोछ ।
  • फोहोरको दिगो व्यवस्थापन, जनसहभागिता र जनचेतना, नदी तथा सम्पदा संरक्षण र पुनस्स्थापना, पूर्वाधार निर्माण, बगैँचा निर्माण तथा वृक्षारोपण मार्फत सौन्दर्यीकरण र पर्यावरण संरक्षणको काममा यसको महत्वपुर्ण योगदान रहदै आएको छ ।
  • नदी किनारमा करीब ५००० बिरुवा रोपिएको छ ।
  • यस महाअभियानको बलमा उपत्यकाका अन्य सहायक नदीहरु हनुमन्ते, मनोहरा, माथिल्लो बाग्मती, गोदावरी, तिलगंगा क्षेत्र,आलोकनगर क्षेत्र, चक्रपथका बिभिन्न क्षेत्रहरु लगाएत १८ भन्दा बढी स्थान र उपत्यका बाहिर १०० भन्दा बढी स्थानमा सफाइ अभियानहरु संचालनमा छन् ।
  • यस अभियानको प्रेरणाबाट मेचीमहाकाली सफाइ अभियान देशका करीब ५० भन्दा बढी स्थानमा सम्पन्न भइसकेको छ ।
  • जबसम्म वाग्मती नदी ढलमुक्त हुँदैन सफा हुँदैन तबसम्म यो महाअभियान निरन्तर संचालन हुँदै जाने यसको लक्ष्य रहेको छ ।

वाग्मती सफाई अभियान महाअभियानमा सहभागीता

वाग्मती सफाई महाअभियानमा हालसम्म १० लाखभन्दाबढीको जनसहभागीता भैसकेको छ । यो महाअभियानमा नेपाली सेना, नेपाल प्रहरी, शशस्त्र प्रहरीको अहम भूमिका रहदै आएको छ । भने करिब पच्चीस सयभन्दा धेरै संघसंस्थाहरुको सहभागीता भैसकेको छ । राष्ट्रपती, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, मन्त्री लगाएत राज्यका उच्चपदस्थ पदाधिकारी, कलाकारहरु, कर्मचारीहरु तथा सर्वसाधारण नागरिक समेत यो महअअभियानमा सामेल भईसक्नु भएको छ । जसको फलस्वरुप वाग्मती नदी सफाइमा थप उर्जा मिलेकोछ ।

वाग्मती किनारामा अहिले देखिने गतिबिधिहरु 

  • नदि किनारामा रोपिएका बिरुवा बढेर गर्मी समयमा शितल छहारीमा बस्नेसम्म भएका छन्
  • नदि किनारामा रुद्राक्ष, बरपिपल, अम्बा, कपुर, अशोका, ओखर, साकुरा, स्याउ, सुन्तला, अम्बा, गुलाब लगाएत बिभिन्न जातका बिरुवाहरु हुर्किदै आएका छन् । जसको कारण वाग्मती नदी किनारहरु बाताबरणमैत्री बन्दै गएका छन् ।
  • नदि किनारामा भत्केको पुलदेखी थापाथलीपुलसम्म सोलार बत्ति जडान गरेको ती क्षेत्रमा अझ सौदर्य बढेको पाईन्छ ।
  • वाग्मती किनाराका केही पार्कहरु जस्तै शंखपार्क, आर्ट अफ लिभिड.पार्क, आलोकनगर पार्क सत्यसाइ पार्क लगाएतमा दिनहु म्यूजिक भिडियो तथा चलचित्र छायांकन हुने गरेका छन् ।

यो महाअभियान कहिलेसम्म

उपत्यकाबासीले बाग्मती नदीमा ३०औं बर्षदेखी फोहोर थुपार्दै डम्पीड साईड बनाएको नदीलाई अहिले यस्ता थुप्रै परिवर्तनका कारण आशाका किरणहरु पलाएको आभाष पाएको स्थानियबासी र नागरीक समाजले बताउदै आएका छन् । नागरिकहरुमा पनि चेतनाको अभिबृद्धि भई पहिला फोहोर सोझै बाग्मतीमा फाल्नेहरु अहिले सचेत भएका छन् भने जनमानसमा चेतनाको जागरण भई नदीमा फोहोर फाल्ने कार्य निकै कम भएकोछ तथापी अझै केही अचेत ब्यतिmहरुले लुकेर नदीहरुमा फोहोर फाल्ने गरेको पाईन्छ भने केहीलाई महानगरले कार्बाही गर्दै पनि आएको छ । जबसम्म वाग्मती नदीमा सफा पानी बग्दैन तबसम्म यो महअभियान जारी रहन्छ । तरपनि पछिल्लो समय सफाई महाअभियानको सफाइ मोडलमा केही परिवर्तन गर्न अभियन्ताहरु स्थानिय सरकारसँग समन्वयन गरीरहेको अवस्था छ ।

अबको सफाई यस्तो हुनुपर्छ 

हरेक नागरिकले सफाइ अभियान म बाट शुरु गर्छु । म जथाभावस् फोहोर फाल्दिन भन्ने प्रतिबद्धता नगरेसम्म यो अभियानले सार्थकता पाउन सक्दैन । त्यसैले नागरिकले निम्न कामलाई आजैबाट लागु गरौं

१. घरबाट निस्कने फोहोरलाई बर्गिकरण गर्ने कुहिने फोहोरलाई अग्र्यानिक मल बनाउने ।

२. प्लाष्टीक, फलाम कागजलाई बिक्रि गर्न सकिन्छ फोहोरबाट मोहर बनाउने कार्य गर्ने ।

यी तरिका अपनाउन सके मात्र पनि घरको फोहोरले मोहर पनि हुने अग्र्यानिक तरकारी र फलफुल खान पनि पाउने र फोहोरको मात्रा घटाएर राज्यलाई सहयोग गर्ने दिने / असल नागरीक बन्ने मौका पाउन सक्छौं ।       ​

चक्र बहादुर चन्द अभियन्ता, वाग्मती सफाई महाअभियान, मिति २०७७ चैत्र

खबर एक्सप्रेस