आज:  | Fri, 29, Mar, 2024

चलचित्र जारमा भारतिय नायिका गीताञ्जलीसँग सौगात र अनुप

२०७७, ११ चैत्र बुधबार २०:५९ मा प्रकाशित ( ३ साल अघि) १४४७८ पाठक संख्या

भारतीय नायिका गीताञ्जली थापाले नेपाली चलचित्र जारमा अभिनेता सौगात मल्ल र अुनप बिक्रम शाहीसँगै अभिनय गर्दै छिन् । नेपाली चलचित्र ‘जार’को छायांकन बुधबारदेखि सिक्किममा शुरु भएको छ । फेरि टेल पिक्चर्स, होप रिल र एल सेभेन सर्टस्को ब्यानरमा निर्माण हुने चलचित्र जार सिक्किमको १८ सय दशकतिरको सत्य घटनामा यो चलचित्र बन्न लागेको बताईृएको छ । फुर्वा छिरिङ लामाको निर्देशनमा यो चलचित्र निर्माण हुन लागेको हो ।इन्द्र बहादुर राइको लेखक रेहको चलचित्रमा नायिका गीताञ्जली थापाको भुमिका महत्वपूर्ण रहेको बताईएको छ । उनी सिक्किममा जन्मिएकी हुन् । उनको चलचित्र ‘लायर्स डाइस’बाट भारतको ‘नेशनल फिल्म अवार्ड’ समेत जितेकी छिन् । चलचित्र जार २० दिनमा छायांकन सकिने बताइएको छ ।

खबर एक्सप्रेस