आज:  | Tue, 16, Apr, 2024

जापानमा भुकम्पको धक्का

२०७७, ७ चैत्र शनिबार २१:४५ मा प्रकाशित ( ३ साल अघि) २०३६८ पाठक संख्या

एजेन्सी
काठमाडौं, चैत्त ७ गते । जापानमा ७.२ म्याग्नीच्युडको भूकम्प गएको छ । जापानको मियागी प्रान्तमा शनिबार भूकम्प गएपछि सुनामीको चेतावनी जारी भएको छ । भूकम्प गए लगत्तै करीब एक मिटरमाथिको सुनामीको तरङ्ग उत्पन्न भएको जनाईएको छ । हालसम्म कुनै क्षति नभएको बताईएको छ । जापानी समय अनुसार साँझ छ बजेर नौ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको उल्लेख छ । मियागी क्षेत्रमा रहेको सागरको ६० किलोमिटर गहिराइ भूकम्पको केन्द्र मापन गरिएको छ ।

खबर एक्सप्रेस