आज:  | Fri, 29, Mar, 2024

आज दुई जना कोरोना सङ्क्रमितको मृत्यु

२०७७, २९ फाल्गुन शनिबार २२:३१ मा प्रकाशित ( ३ साल अघि) ८९२९ पाठक संख्या

काठमाडौं, फागुन २९ गते । नेपालमा कोरोनाका ६० जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुगेको छ । आज ७२ जना निको भएको जनाएको छ । हालसम्म निको भएकाको संख्या दुई लाख ७१ हजार २४९ पुगेको छ । आज दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। नेपालमा तीन हजार १४ जनाको मृत्यु भएको हो । हाल ४९ जना क्वारेन्टिनमा छन् । ९१५ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ । 

खबर एक्सप्रेस